दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मालिका सहकारीद्धारा लकडाउनपीडितलाई राहत सामग्री वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १८ गते, बिहीबार १९:४३

काठमाडौं । मालिका वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौंले लकडाउनका कारण समस्यामा परेका विभिन्न संघ संस्था तथा व्यक्तिहरुलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको छ ।
संस्थाले काठमाडौं, काभ्रे लगायतका ठाउँमा राहत स्वरुप चामल, दाल, चिनी, नुनलगायतका सामग्री उपलव्ध गराएको हो । खगेन्द्र नवजीवन केन्द्र काठमाडौं, बीआइए अपांग संघ जोरपाटी, स्पाइनल क्रुज होस्टेल माकलवारी, गुरुकुल विद्यालय गोकर्णेश्वर, नैनी शाख्य गुरुकुल विद्याश्रम बनेपा, महामृत्युञ्जय योग केन्द्र पिंगलास्थानमा रहेका अपांगता भएका विद्यार्थी तथा अन्यलाई सहयोग गरेको हो । धामीले कसैलाई खानपिनमै समस्या परे आफुसँग सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।
पटकपटक अप्ठेरोमा परेका विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सहयोग गर्दै आएको संस्थाले यसपटक पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग उपलव्ध गराइएको अध्यक्ष जनकबहादुर धामीले बताए । धामीले लकडाउनका कारण मानिसको दैनिकी समस्यामा पर्दै गएकाले थोरै भएपनि सहयोग गरिएको बताए । धामीले आगामी दिनमा पनि यस्तै सहयोग गर्ने वचन दिएका छन् । धामीले लकडाउनका कारण समस्यामा परेका बर्दिया, कैलाली, बाँकेलगायतका जिल्लाका वासिन्दालाई खाद्य सामग्री वितरण गरिसकेका छन् । बर्दियाका यूवा व्यवसायी धामीले मानवता देखाउन र सहयोग गर्न पाएकामा आफु निकै खुशी भएको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु