• एक सय परिवारलाई राहत सामग्री वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार २०:४५

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित विद्यार्थी संघको विशेष समन्वय र स्थानीय युवाहरुको सक्रियतामा काठमाडौंको गोकर्णेश्वर नगरपालिका ६ मा रहेको सुनार टोलका एक सय परिवारलाई राहत वितरण गरिएको छ ।
    संघका अध्यक्ष सुनारका अनुसार कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अहिले तत्काल देखिएको समस्या समाधानका लागि सबैको सहयोगमा राहत बाँडिएको हो । राहत स्वरुप चामल , दाल , चिनी, नुनलगायतका सामग्री उपलव्ध गराइएको छ । यो कार्यमा अरुण ज्योति विद्या मन्दिर, चिल्डेन लिवर्टी स्कुल सहयोगी दाता बनेका थिए । त्यसैगरी सहयोग गर्ने व्यक्तिहरुमा रञ्जित लामा, विक्रम सुनार, राजेन्द्र रसाइली, पाल्देन लामा, रविन्द्र सुनार, नेत्रबहादुर सुनार, झलक सुनार, मित्र सुनार, ऋषि सुनार, शेरबहादुर तामान, कृष्ण कोइरालालगायतका रहेका छन् । स्थानीयको दैनिक जनजीवन संकटमा पर्दै गएपछि आफूहरुको तर्फबाट केही सहयोग गरिएको पाल्देन लामाले बताए । उनले एक नागरिकलाई अप्ठेरो परेका बेला अर्को नागरिकले सहयोग गर्नु मानवीय धर्म र कर्तव्य भएको बताए ।
    यसरी यो अभियानमा सहयोग गर्नेहरुमा प्रमोद सुनार, दीपेन्द्र सुनार, चिरञ्जिवी रसाइली, लाक्पा शेर्पा, धनराज लामा, रोनिल डंगोल, धनराज घले, बुद्धिलाल तामान, सुवास रसाइली बुल्बुल, रञ्जन सापकोटा, सुदीप कोइराला, सुजित सुनार, सन्तोष लामालगाायत रहेका छन् । संघकै अग्रसरतामा केही दिनअघि उपत्यकाका विभिन्न स्थानमा रहेका ३ सय दलित परिवारलाई खाद्य सामग्री वितरण गरिएको थियो । संघ अध्यक्ष सुनारले मानिसको दैनिकी समस्यामा परेपछि सहयोगी दाताहरु खोजेर राहत वितरण गरिएको जनाए ।
    संघले त्यसअघि पनि गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिकामा रहेका २ वटा वालगृहका लागि केही समयलाई पुग्ने गरी खाद्य सामग्री उपलव्ध गराएको थियो । गाकर्णश्वर नगरपालिकाको विभिन्न ठाउँमा अलपत्र परेका मजदुर तथा सर्वसाधरणलाई विहान बेलुका खाना खुवाँइदै आइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु