आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार ०९:४६

    काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको मृत्यु भएको छ । ८४ वर्षको उमेरमा उनको गएराति मृत्यु भएको हो ।

    रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो। उनका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन्। उनको बाल्यकाल बनारसमा बित्यो। विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो।

    सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन। २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो।

    विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा दाई तारिणीप्रसादले नै प्रोत्साहन गरेका हुन्।

    उनले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वरमार्फत नेपाली नेपाली ‘अघि बढौं हातमा क्रान्ति झण्डा लिई, क्रान्ति झण्डा लिई, नेपाली ‘हे नेपाली आमा बाबु दिदी बहिनी दाजुभाई, सब मिली उद्धार गरौं हाम्रो नेपाललाई,पछि नसरौं अबदेखि दुःख परे पनि, पछि नसरौं अबदेखि दुःख परे पनि लगायतका गीत गाएकी थिइन् ।

    इतिहास विषयमा एम ए सम्मको अध्ययन गरेकी रानुदेवी हाल बिराटनगरमा रहदै आएकी थिइन्। उनका एक छोरा र एक छोरी छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु