• आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार १०:०७

    काठमाडौं, बैशाख १९ । आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको जनाउदै मध्य र पूर्वका केही ठाउँमा राति भने चट्याङ र हावाहुरीसहित पानी पर्ने जनाइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमका नेपालका पाहाडी क्षेत्रमासमेत मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जनाइएको छ । शुक्रबार विहानैदेखि देशभरको मौसममा बदली आएका कारण दिउँसो पश्चिम तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको छ ।

    त्यस्तै आज रातीसम्म देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रकृति हेर्दा अझै केही दिन मौसम सफा हुने अवस्था छैन । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु