विश्वभरमा कोरोनाको संक्रमितको संख्या ३३ लाख बढी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १९ गते, शुक्रबार ११:३४

काठमाडौं / विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वका धेरै देशहरु प्रभावित भएका छन् । कोरोनाभाइरसका कै कारण हालसम्म धेरै मानिसको मृत्यु भइसकेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहीबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३४ हजार ९९ पुगेको छ भने कोरोना संक्रमितको संख्या ३३ लाख ८ हजार ३५ पुगेको छ ।

त्यस्तै विश्वभरका १० लाख ३९ हजार १ सय ८२ कोरोना संक्रमित निको भई घर फर्किसकेका छन् । कोरोनाभाइरसको प्रभाव सबैभन्दा बढी अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायतका ठुला देशहरुमा परेको छ ।

आज बिहानसम्मको तथ्यांक हेर्दा अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ हजार ८ सय ५६ पुगेको छ भने संक्रमितको संख्या १० लाख ९५ हजार २३ जना पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित १ लाख ५२ हजार ३ सय २४ जना निको भइसकेका छन् ।

त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २४ हजार ५ सय ४३ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३९ हजार ६ सय ३९ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार ९ सय ६७ पुगेको छ भने संक्रमितको संख्या २ लाख ५ हजार ४ सय ६३ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु