काठमाण्डौं । लकडाउनले गर्दा समस्यामा परेका काठमाण्डौं तार्केश्वर नगरपालिका–८ मा बस्दै आएका १ सय ७७ परिवारलाई बैसाक १८ गते खाद्यान्न लगायत राहत सामाग्री वितरण गरिएको छ ।
विश्वभरी माहामरीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लकडाउन चलिरहेको बेला नुवाकोट लगायत विभिन्न ठाउँबाट आएर ज्याला मजदुरि गरि गुजारा गर्दै आएका ति परिवारहरु समस्यामा परेपछि समाजसेवीहरुको पहलमा राहत वितरण गरिएको हो ।
नुवाकोटका विद्यार्थी नेता तथा समाजसेवी अभिषेक तामाङको पहलमा तार्केश्वर नगरपालिका–८ सङ्गको समन्वयमा उक्त राहत बितरण गरीएको थियो । राहत बितरण कार्यक्रममा वडा अध्यक्ष मनोज कुमार घिमिरे, वडा सदस्यहरु नारायण श्रेष्ठ, मोहन खत्री तथा प्रहरी प्रशासन लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।