• मेरो श्रमिक राजकुमार!!

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार १४:०३

    मेरो श्रमिक राजकुमार!!

    प्रिय!तिमी आफ्नो पौरखमा रमाउनु
    आफ्नो कमाईमा मौलाउनु
    झुपडि नै सहि आफ्नो पसिनाले रंगाउनु।
    मेरो सपनाको राजा !!
    तिमी सम्पति र घमण्डले होइन
    श्रम र सद्भावले राज्य गर्नु।
    तिम्रो हातमा ठेलाहरु सुम्सुम्याउदै
    तिम्रो शरिरको पसिनाको वास्ना संगै
    हाम्रो झुपडिमा स्वादीलो सिस्नो खाउला ।
    चाहिदैन स्वार्थ र वेमतलवी धन
    भ्रष्ट बनेर करोड़ों थन्काउनु भन्दा
    हाम्रा सन्तानलाई पौरखी बनाउला।
    तिम्रो चोखो सरकारी तलवले
    तरकारी खान पुग्छ कान्छा,
    मासु र महल, सुन र शहर चाहीदैन मलाई।
    ईमानको कमाईमा बाच्न सक
    भ्रष्टाचारको प्रलोभनमा कहिल्यै नपर।
    तिम्रो उध्योगमा काम गर्ने श्रमीक
    तिम्रो उध्योगका भगवान हुन
    श्रमिकका पौरखले आर्जेको सम्पतिमा
    कहिल्यै धाक नलगाउनु प्रिय।
    आफ्नो श्रममा बाच्नुको मजा
    आफ्ना सन्ततिलाई सिकाउदै जानु।
    साहुको गोठालो गर्नु मात्र श्रम होईन
    पराइको काम मात्र श्रम होइन
    आफ्नो मेहनत र इमान्दारी काम पनि श्रम हो ल।
    देवु पराजुली

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु