कोभिड १९ ले खोसियो श्रमिकको रोजगार !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार १६:२०

सर्वप्रथम त श्रमजिवी मजदुरहरुको अधिकारको लडाईको क्रममा दिवङत हुनु भएका बिश्वका सम्पुर्ण श्रमजिवी योद्दाहरुलाई आजको दिन स्मरण गर्न चाहन्छु ।

सम्पुर्ण बिश्वका श्रमजिवी मजदुरहरुलाई श्रमिक दिवसको हार्दिक मङलमय सुभकामना छ ।

आज १३१औ श्रमिक मजदुर दिवसको महत्वपुर्ण दिन भएर पनि विश्व कोभिड १९ बिरुद्द्को लडाईमा होमिएको हुदा आजको दिनले खासै महत्व पाउन सकेन । बिगतका बर्षहरुमा झै यस बर्ष विषम परिस्थितिले गर्दा श्रमजिवी मजदुरहरुलाई सम्मान गर्न र चेतनामुलक रयाली, सभा, गोष्ठी, सम्मेलन र बैठक गर्न हुन सकेनन ।

यदि श्रमिकहरुले काम नगर्नु हो भने तपाईं हाम्रो पेट पालिने अबस्था रहदैन । दैनिक रोजगारि गर्दै तपाईं हामिलाई पनि बचाउदै आफ्नु र उनिहरुको परिवारलाई पनि बचाउदै आएका श्रमजिवि श्रमिकहरु यति बेला कोभिड १९ को महामरिको कारणले थन्किएर बस्न बाध्य छन ।

कोभिडको कारणले आज नेपाल भित्र र बिदेशी मुलुकम काम गर्ने थुप्रै नेपाली कामदारहरुको रोजिरोटी खोसिएको छ जसले गर्दा आफ्नु र बालबच्चाको पेट पाल्न नसकेर दु:ख पिडाका चित्कार अनि थाम्न नसकिने आशुका बलिन्द्र धाराहरु निकालिरहेका छन । अझ त्यसमा पनि अनौपचारिक क्षेत्रका श्रमिकहरुको त झनै काम गर्दाको दिन पैसा वा हाजिरा र खान पाउने काम नगर्दाको दिन नपाउने अवस्थामा छ । न त साहु र कामदार बिच श्रमको कारारनामा नै गरिन्छ, न त महिनावारी तलब नै दिईन्छ जसले गर्दा श्रमिकहरु संग अधिकारको लागि लडन न त उजुरी नै गर्न सक्ने प्रमाणहरु हुन्छ्न । बरु साहुले उल्टै थप पिडाहरु दिने गरेका यथार्थ हाम्रा सामु छ्न जस्तै: काम गरेको पैसा नदिने, बाँस बस्न नदिने, खान लाउन नदिने, मानसिक, सारिरिक, साङ्केतिक, यौनजन्य र घरबाट निकाल्ने जस्ता घरेलु हिंसाहरु।

यो बेलामा साहुले आफ्नु पेसा ब्यवसाय बन्द गरेर श्रमिकलाई न बाँस नै दिएका छन न गास नै । जसले गर्दा उनिहरु घरको न घाटको भएका छ्न ।साहु ब्यापारिले श्रमिकहरुको न त सामजिक सुरक्षा ग्यारेन्टि गरेका छन न त श्रमको उचित मुल्यान्कन नै गरेका छन ।

यस्तो अबस्थामा घर जाउ टाढा छ, यातायत चल्दैन कसरी जाउ, नजाउ भने खाने र बस्ने ठाउँको टुङ्गो छैन । तर पनि बाध्य भएर कोहि कोहि श्रमिकहरु भने दु:ख सुख जे भए पनि, मरे पनि बाचे पनि, आफ्नै घर जान्छु, आफ्नै परिवारमा संगै मर्छु भन्दै भोकै तिर्खै खाली खुट्टाले पोको च्यापेर, कोहि बच्चा बच्ची च्यापेर, कोहि गर्भवती महिला, कोहि जेष्ठय नागरिक, कोहि बिरामी, कोहि भर्खर सुत्केरी भएका महिला, कोहि अपाङ्गता भएका ब्यक्तीहरु सकि नसकी लावा लस्कर लागेर घर जान हिडेको भनेर हिडदै गरेको पिडादायक दृस्यहरु सामाजिक सन्जाल र समाचार मार्फत देख्नमा पाईन्छ । यस्ता मर्माहित दृस्यहरु देख्दा जो कसैको पनि मन मुटु दुख्न सक्छ, सहयोग गर्ने मन पग्लिन सक्छ । त्यसैले त धेरै सहयोगी मनहरुले बटुवाहरुलाई बाटो बाटोमा खाना, खाजा, पानी र बासले स्वागत गरेको सुनियो र देखियो पनि । तर अर्कोतिर भने कोहि कोहि साहु, महाजन र ब्यापारिहरुले भने गरिव दुखि श्रमिकहरुलाई घरको न घाटको बनाए । श्रम खान पल्केकाहरुको मन भने कति निर्दयी भएको होला । श्रम खान पाईन्जेल श्रम खाए अनि खान नपाए पछि जा जान्छस जा भन्दै लखेट्ने । खोइ मान्छेहरुका मनहरु पनि कस्ता कस्ता हुदा रहेछन अलिकती मानवता भन्ने कुरा पनि हराएका मनहरु देखेर पनि धिक्कार लागेर आउछ ।

हाल नेपाल सरकारले श्रमजिवी मजदुरहरुको पक्षमा राहतको प्याकेजमा राम्रा राम्रा कुराहरु सम्बोधन गरेको सुनेको थिए । ३ तहको सरकारले र जिम्मेवारि पाएका निजि क्षेत्रहरुले आफ्नु-आफ्नु जिम्मेवारी बहन गर्ने क्रममा कोभिड विरुद्धको महामारिमा कतिपय ठाउमा उदाहरणिय कार्य पनि नगरेका होईनन तर श्रमिकले सोचे जस्तो र सम्बोधनमा उल्लेख भए जस्तो भने यथार्थमा ब्यवहारमा आउन नसकेको हो कि? जो जहाँ जहाँ बस्नु भएको छ त्यही त्यहि राहतको ब्यबस्था गर्ने त भनिएको छ तर बस्ने ठाउकै टुंगो नभएकाहरु कहाँ र कसरी बसुन? अनि राहत पनि हुने खाने र पहुचवालाहरुले नै पाएको देखियो । हुन त सबै समस्याहरु सरकारले मात्र त समाधान गर्न सक्दैन । यस्तो माहामारिमा सरकारको मात्र आशा गरेर त हुदैन त्यसैले सबै क्षेत्रको साथ र सहयोग भने चाहिन्छ तर पनि सरकार भनेको जनताको अभिभावक भएको हुदा नीति, नियम र निर्देशन बनाएर जिम्मेवार निकायहरुलाई जिम्मेवारी बनाउने अनि कार्यान्वयन निकायलाई बाध्याकारी बनाउन र गरे नगरेको अनुगमन त गर्न सक्छ नि !

यस्ता दिवसहरु धेरै आए, मनाउनका लागि मनाउदै पनि आईयो तर दिवस खाली दिवस मनाउनका लागि मात्र भए । गरिव, दु:खी र पिडित श्रमजिवी मजदुरहरुको मुहारमा कहिल्यै खुसी र मुस्कान आएन नत जिवन कुनै परिवर्तन नै । अरु बेला पनि साच्चै मारमा परेका बर्ग भनेका श्रमिकहरु नै हुन र यस बर्ष त झन कोभिड्को कारणले गर्दा उनिहरु जति मारमा सायदै अरु छैनन होला भन्दा अत्युक्ती नहोला ।

त्यसैले नेपाल सरकारले औपाचारिक क्षेत्र र अनौपचारिक क्षेत्रहरु (घरेलु कामदार, मनोरन्जन क्षेत्र, होटल कल कारखाना लगायत निजि क्षेत्रमा काम गर्ने कामदार) लाई पनि बाध्यकारी बनाई श्रमिकको ज्याला र अन्य सुबिधामा समानता कायम गर्नु पर्ने हुन्छ । नेपाल सरकारबाट आजको दिनमा श्रमजिवी मजदुरको पक्षमा विशेष सम्बोधन त पक्कै पनि गरियो होला तर त्यो सम्बोधन मुर्त रुप दिने खालको गरियो गरिएन त्यो त समयले बताउने नै छ ।

तसर्थ नेपाल सरकारले श्रमिक दिवसलाई सच्चिकै सार्थक वा मुर्त रुप दिने हो भने श्रमजिवी मजदुरको पक्षमा औपचारिक र अनौपचारिक (सरकारी र निजि) दुबै क्षेत्रमा बाध्याकारी रुपमा लागू हुने र समानता कायम गर्ने खालको ज्याला, तलब देखि लिएर सुबिधाहरुमा पनि निस्चित मापदण्द सहितको कायम गरिनु पर्छ । त्यसका लागि स्पष्ट कानुन, नीति, नियम, निर्देशिका, कार्ययोजना बनाईनु पर्छ र सोही अनुसार कार्यक्रमहरु र बजेट छुट्टयाई कार्यान्वयन गरिनु पर्छ साथै योजना अनुसार कार्यान्वयन भए नभएको अनुगमन गर्ने सम्यन्त्र बनाई निरन्तर रुपमा अनुगमन पनि गरोयोस भन्न चाहन्छु ।

अन्त्यमा, पुन: सबैमा श्रमिक दिवसको हार्दिक मङलमय सुभकामना छ ।

(लेखिका निर्मला धिताल निबर्तमान अध्यक्ष- नेपाल अपाङ्ग महिला संघ
अपाङ्ग अधिकारकर्मी
सदस्य- महिला मानव अधिकार रक्षकहरुको रास्ट्रिय सन्जाल
सदस्य- संकल्प)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु