• राष्ट्रिय सङ्गीत कर्मी सङ्घ राहत अभियानमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार २०:११

    काठमाडौं, १९ बैशाख । अहिले चीन बाट शुरु भएको नोबेल कोरोना भाइरसले विश्व आक्रन्त बनेको छ।यसबाट नेपाल पनि अछुतो रहन सकेन।नेपालमा भएको लामो लकडाउनको कारणले दैनिक ज्यालादारी काम गरेर जिबिकोपार्जन गर्ने हुदा खाने समुदाय अहिले जो मजदुर,दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरु बिहान बेलुका छाक टार्न सारै गारो परिसकेको छ।

    यसै शिलशिलामा कलाकार हरुको छाता सङ्गठन राष्ट्रिय सङ्गीत कर्मी सङ्घले थोरै भएपनी कलाकारिता क्षेत्रमा आवद्ध ब्यक्तिहरु जस्तै गायक गायिका चलचित्र कर्मी प्राबिधिक सङ्गीतकार गितकार का साथै दैनिक मजदुरी गर्ने चेपाङ्ग समुदाय,दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुका साहै अन्य समस्यामा परेका ब्यक्तिहरुका लागि निरन्तर चार हप्ता भन्दा बढी समय राहात अभियानमा जुटेको छ।

    चर्चित गायक तथा राष्ट्रिय सङीतकर्मी सङ्घका अध्यक्ष राजेन्द्र कार्की बिपत ब्यबस्थापन समितिका सम्योजक तथा महा सचिव बिक्रम जङ्ग शाह लगायत चर्चित गायक गायिका साथै सङ्घका पधादिकारी हरु क्रमशः अमृत खाती उमा श्रेष्ठ , नमराज ढुंगाना, श्याम धिताल, सिर्जु अधिकारी ,राजकुमार हुमागाई, होम सुवेदी ,मिलन श्रेष्ठ, सुमी श्रेष्ठ, लगायत सम्पुर्ण कार्यसमिती दैनिक ३ वटा समूह बनाएर राहत बितरणमा लागि परेको छ।

    अहिले सम्म उपत्यकाको सुर्यबिनायक ,ठिमी,लोकन्थली ,काडाघारी ,मुलपानी, टोखा ,सरस्वती खेल, कौसलटार ,कोटेश्वर ,जडीबुटी ,इमाडोल ,सिनामंगल, मित्र पार्क, चाबहिल ,जोरपाटी ,नयाबस्ती ,गोठाटार ,आरुबारी ,धुम्बाराही, सामाखुसी ,ग्रीन्ल्याण्ड, माछापोखरी ,सोर्हखुट्टे, कालीमाटी ,बल्खु ,कलन्की, ढुङ्गेअड्डा लगायतका विभिन्न स्थानमा पुगी करीब ३००० भन्दा बढी ब्यक्तिहरुको पेट भर्न को लागि आफुलाई जोखिम बाट सुरक्षित बनाई हिडिरहेका छन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु