• हेमोफेलिया अपाङ्गता ब्यक्तीहरुलाई लकडाउनका कारण औसधि नपाउदाको समस्या प्रती गम्भीर ध्यानाकर्षण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार २०:३८

    हेमोफेलिया अपाङ्गता ब्यक्तीहरुलाई लकडाउनका कारण औसधि नपाउदाको समस्या प्रती गम्भीर ध्यानाकर्षण ।

    धनकुटा जिल्लाका पुस्पलाल तामाङ हेमोफेलिया अपाङ्गता भएका ब्यक्ती एवम अपाङ्गता अधिकारकर्मी हुनुहुन्छ । उहा यतिबेला रगत जमाउन प्रयोग हुने फ्याक्टर नामक औषधि नपाएर शरीर भित्र भित्रै रगत बग्ने समस्याबाट पिडित भई ओछ्यान पर्नु भएको छ, उहाले स्वास्थ मन्त्रीलाई मलाई बचाउ सरकार भनेर लेख्नु भएको पत्रलाई आधार बनाएर सरकार लागायत सम्बन्धित पक्षलाई ध्यानाकर्षण गर्न यो लेख लेख्दै छु । पुस्पलाल जि हजुरको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

    उहाँ त एक जना प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । नेपालमा उहाँ जस्तो धेरै अपाङ्गता भएका ब्यक्तिहरु यसरी नै फ्याक्टर नपाएर पिडामा छटपटाईरहनु भएका छन । उहाहरुको मुख्य समस्या भनेकै शरीरमा भित्र भित्रै रगत बगिरने वा ब्लिडिङ भैइरहने, जोर्नी दुख्ने र कक्र्याक कुक्रुक हुने र चटपटाउदा गारो हुने, काहीँ कतै ठोकियो भने झन रगत बग्ने र हिडन नसकी ओछ्यान पर्ने अबस्था हुन्छ । यस्तो समस्या उहाहरुमा कतिबेला र कति दिनमा सिर्जना हुन्छ भन्न सकिदैन यसको मतलब जतिबेला पनि समस्या आउन सक्छ । यस्तो समस्या आउदा रगत बग्नबाट रोक्नका लागि औषधिको रुपमा फ्याक्टर चलाउनु पर्ने हुन्छ । तर फ्याक्टर नेपालमा जहित्यही सहज रुपमा पाउदैन । बिगतमा हेमोफेलिया सम्बन्धी काम गर्ने सस्थाहरुले सरकारि अस्पतालहरु संग समन्वय गरेर सिमित फ्याक्टरको ब्यबस्थापन गर्ने गरेको थियो । तर केही दिन देखि पहिला ल्याएको फ्याक्टर सकिएको छ भन्ने कुरा जानकारिमा आएको छ । यदि उहाहरुले समयमा फ्याक्टर लगाउन पाउनु भएन भने रगत बग्ने प्रकृया नरोकिएर उहाहरुको अकालमा ज्यान जान सक्छ ।

    हालको विषम परिस्थितिमा फ्याक्टर उपलब्ध गराउनका लागि सरकारकै पहलमा मात्र सम्भव भएको हुदा रास्ट्रिय अपाङ्ग महासंघ लगायत अपाङ्गता सम्बन्धी काम गर्ने विभिन्न संघ सस्थाहरुले फ्याक्टर उपलध गराउन र उहाहरुको समस्या समाधान गराउन धेरै वकालत गरि ससक्त आवाज उठाईरहेका छ्न । जसको फलस्वरुप स्वास्थ्य मन्त्रलयले हरेक दिन सुचना सार्वजनिक गर्ने गरेको लाईभ प्रसारणमा २० अप्रिलका दिन हेमोफेलियाको औसधिका सन्दर्भमा सम्बोधन त गरेको सुनेको थिए । अब भने फ्याक्टरको उपलध हुने भयो भन्ने लागेको थियो । त्यो सम्बोधन गरेको सुनेर प्रफुल्लित भई मन मनै सरकारलाई धन्यबाद पनि दिएकि थिए ।

    तर आज १ मे भई सक्दा (११औ दिन बितिसक्दा) पनि सरकारले सम्बोधनलाई ब्यबहारमा कार्यान्वयन गर्ने वा फ्याक्टर उपलब्ध गराउने काम भने गरेको पाईएन । तसर्थ हेमोफेलिया अपाङ्गता भएका ब्यक्तिहरुको समस्यालाई मध्यनजर राखि नेपाल सरकारले तुरुन्त र अगामी दिनहरुमा पनि फ्याक्टरलाई अनिबार्य औषधिको बर्गिकरणमा राखी उपलब्ध गराउनु पर्यो । नत्र भए यदि हेमोफेलिया भएका ब्यक्तिहरुले समयमा फ्याक्टर लगाउन नपाएर ज्यान गुमाउनु पर्यो भने देशमा त्यो भन्दा विषम र बिडम्बनापुर्ण परिस्थिती अरु केही हुन सक्दैन ।

    अन्त्यमा के भन्न चाहन्छु भने हरेक जनताले कम्तिमा पनि सरकार भएको महसुस गर्न पाउन र सानू तिनो हेल्चेक्याई र बेवास्ताले गर्दा अकालमा कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने अनुरोध गर्दै माननीय स्वास्थ्य मन्त्री ज्यु लागायत सम्बन्धित सम्पुर्ण निकायहरुलाई यसप्रती गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

    (लेखिका निर्मला धिताल निबर्तमान अध्यक्ष- नेपाल अपाङ्ग महिला संघ
    अपाङ्ग अधिकारकर्मी
    सदस्य- महिला मानव अधिकार रक्षकहरुको रास्ट्रिय संकल्प हुनुहुन्छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु