• तरुणदल पूर्व केन्द्रीय सदस्य पराजुलीद्धारा मजदुरलाई खाद्यसामाग्री

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार २१:०२

    नवलपुर । नेपाली कांँग्रेस जिल्ला सदस्य एवं तरुणदलका पूर्वकेन्द्रीय सदस्य कमल प्रसाद पराजुलीद्धारा मजदुरलाई खाद्य सामाग्री वितरण गर्नुभएको छ । १३१औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उहांँले स्थानीय मजदुर, विपन्न ,ज्यालादारीलाई खाद्य सामाग्री वितरण गर्नुभएको हो । पराजुलीले उनीहरुलाई चामल, दाल, तेल लगायतका खाद्यसामाग्री वितरण गर्नुभएको थियो । वितरणपछि बोल्दै पराजुलीले देशभर लकडाउन भईरहेको र मे दिवसमा समेत दैनिक जीवन यापन गर्न अप्ठेरो परेका गैंडाकोट नगरपालिका वडा नम्बर ४ का ५३ घरपरिवारलाई खाद्य सामाग्री वितरण गरिएको बताउनुभयो । ‘लामो लकडाउनले सबैभन्दा बढी मारमा मजदुरहरु परेको मैले महसुस गरें, उहाँले भन्नुभयो, उनीहरुलाई राहत स्वरुप खाद्य्य सामाग्री उपलब्ध गराएको हुंँ ।’ विपद र महामारीको बेला उनीहरुको चुलोचौका बल्न नसकेको अवस्थामा एक जिम्मेबार राजनीतिक दलको सक्रिय नेता र सचेत नागरिकको हैसियतले आफ्नो दायित्व निर्वाह गरेको उहांँको भनाई थियो । लकडाउन शुरु भएदेखि नै उहाँले नगरपालिकाका त्यस्ता मजदुर तथा विपन्न वर्गलाई खाद्य सामाग्री सहयोग गर्दै आउनु भएको छ । उहांँका अनुसार आज पराजुलीले वडा नम्बर ३ का त्यस्ता ३८ घरपरिवारलाई खाद्य सामाग्री वितरण गर्नुभएको थियो भने यस अघि वडा नम्बर ७, ८, ९ का विपन्न ४६ घरपरिवारलाई खाद्यसमाग्री वितरण गरिसक्नु भएको छ । मानवीय धर्म जस्तो अरु कुनै धर्म नभएकोले र स्थानीय सरकारले समेत मजदुरलाई वेवास्ता गरेकोले पनि आफूले सक्दो सहयोग गर्दै आएको उहांँले बताउनु भयो । लकडाउनकै समयमा उहांँले देबघाटको श्री रामजानकी आश्रममा समेत खाद्यसामाग्री प्रदान गर्नुभएको छ । आगामी दिनमा समेत यस कार्यलाई निरन्तर गर्दै जाने उहांँको भनाई छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु