कोरोना भाइरसका कारण बिश्वभर २ लाख ३८ हजारको मृत्यु ३४ लाख संक्रमित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २० गते, शनिबार ०७:३६

वैशाख २०, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ३७ हजार ९ सय नाघेको छ ।
कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शनिवार राति १:३० बजेसम्मको रिपोर्टअनुसार ६४ हजार ९ सय ३१ पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या ११ लाख १२ हजार ७ सय ७१ पुगेको छ । शुक्रबार मात्र अमेरिकामा १ हजार ७५ जनाको मृत्यु भएको छ ।

उता, बेलायतमा मृत्यु हुनेको संख्या २७ हजार ५ सय १० पुगेको छ । संक्रमितको संख्या १ लाख ७७ हजार नाघेको छ ।

कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ८ सय जना संक्रमित भएका छन । तर त्यहाँ ७७ हजारभन्दा बढि उपचारपछि निको भइसकेका छन् ।

शुक्रबार इटालीमा २ सय ६९ जनाको मृत्यु भएको छ भने स्पेनमा २ सय ८१ जनाको मृत्यु भएको छ । योसहित इटालीमा मर्नेको संख्या २८ हजार २ सय ३६ पुगेको छ भने स्पेनमा २४ हजार ८ सय २४ पुगेको छ ।

फ्रान्समा २४ हजार ५ सयभन्दा बढिको मृत्यु भइसकेको छ । फ्रान्समा १ लाख ६७ हजार ३ सय संक्रमित छन् । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या १ हजार १ सय ५४ जना पुगिसकेको छ । भारतमा संक्रमितको संख्या ३५ हजार नाघेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु