शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

आगलागीले सात घर जलेर नष्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २० गते, शनिबार ०९:१२

काठमाण्डौं । बैशाख २० । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आगलागीले सात घर जलेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको हो ।

राति करिब साढे १० बजे भएको आगलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्काइएका थिए । त्यहाँस्थित भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको स्थानीयवासीले बताएका छन् । यद्यपि कसको घरबाट कसरी आगो सल्किएको हो भन्ने यकिन भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति भने भएन । आगलागी नष्ट भएका सात घरमा ११ वटा साना होटल तथा पसल रहेको प्रारम्भिक विवरणमा देखिएको प्रहरीले जनाएको छ ।

यसैबीच आगलागी पीडितलाई तत्कालका लागि खाने–बस्नेलगायत व्यवस्थापनका साथै राहत प्रदान गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आज बिहान सर्वपक्षीय बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभएको छ । बैठकसँगै उनीहरुलाई तत्कालका लागि राहत उपलब्ध गराइने उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु