बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

वसन्त पनि खुलेर हाँसेन यसपाला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २० गते, शनिबार २०:३९

आकाश धुम्म छ
धरती रुझेकि छ
चराका वचेराहरु ले
स्वतन्त्र उडान भर्न पाएका छैनन्
वसन्त पनि खुलेर हाँसेन यसपाला
किनकी चारैतीर लकडाउन छ ।

(१)

जिन्दगी टक्क अडेको छ
शहर सुनसान छ
कतै भुखमरी, कतै हाहाकार छ
कोहि रहत वाँढेको तस्विर हाल्नै व्यस्त
कोहि तेश्रो विश्वयुद्ध लड्दै छन्
एक्ला एक्लै थुनिएर
किनकी चारैतीर लकडाउन छ ।

(२)

यहाँ त चारवजे नै सुनसान भैसक्छ
शहर ,शहरजस्तो छैन
मसान
वटुवा नै नभएपछि
सडक लमतन्न एक्लो
मलामि वीनाको शव जस्तै
किनकी चारैतीर लकडाउन छ ।

(३)

मन एकतमास
कल्पनाको उडान रोकिएको छ
धेरैका इच्छा र आकांक्षा मरिसके
तै पनि सहाराको खोजि जारि छ
जिवन साह्रै ज्याद्रो छ
हतपति रोकिन्न
जसरि तसरि घिस्रीइ रहेछ
किनकी यहाँ लकडाउन छ ।

(४)

सुख दुःख जिवनको ज्यूने साधन हो
त्यसैले कहिल्यै विचलित भएन
आत्महत्या,अकालमृत्यू रोजेन
असिमीत दुःखमा पनि
उसलाई थाहा छ
रात पछि दिन हुन्छ
त्यसैले त जीवन आफ्नै सुरमा रमाई रहेछ
किनकी यहाँ लकडाउन छ ।

—आर्यालय

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु