• नेकपा सचिवालय बैठक सम्पन्न : स्थायी कमिटी बैठक २५ गते बोलाउने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार २१:५१

    काठमाडौं, २० बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटी यही बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपा स्रोतले जनाएको छ । त्यस्तै, उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउने पनि आजको बैठकमा सहमति भएको छ ।
    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट भएका गल्तीहरुको बारेमा आत्माआलोचना गरेका छन् । यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । पार्टीभित्र देखिएका विवाद हल गर्दै पार्टी एकतालाई सुदृढ पार्नेबारे पनि आजको बैठकमा सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
    रिपोर्टस नेपाल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु