प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

विश्वभरका पाँच महिलामा कोरोना नियन्त्रणमा उत्कृष्ट काम गर्ने नेपालकी झा पनि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २१ गते, आईतवार १०:०४

काठमाडौं । विश्व कोरोना महामारीसँग जुधिरहेको छ । विश्वभर ३४ लाख १७ हजार भन्दा धेरै मासिन कोरोनाबाट संक्रमित भएका छन् भने २ लाख ४० हजार मानिसले ज्यान गुमाएका छन् । विश्वका विभिन्न मुलुकले कोरोना भाइरसको संक्रमण रोक्नका लागि विभिन्न उपायहरु अपनाइरहेका छन् ।
विभिन्न देशहरुले लकडाउन गरेका छन्, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रयत्न गरिरहेका छन् । कोरोना परीक्षणको दायरालाई बढाइरहेका छन् ।

यसैबीच कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ । जसमा एक नेपाली पनि परेकी छिन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा रुना झा कोरोना भाइरस नियन्त्रणका लागि अग्रप्रकितमा रहेको यूएन वुमनले उल्लेख गरेको छ ।

उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्ने गरेको छ । प्रयोगशालामा परीक्षणका लागि नमुना आउने समय निश्चित हुँदैन ।

त्यसैले अबेरसम्म प्रयोगशालामा बस्नु उनको लागि सामान्य बनिसकेको छ । उनी प्राविधिक काम त गर्छिन् नै, आफ्नो टोलीलाई यातायात र खानेकुराको व्यवस्थापन पनि उनैले गर्छिन् । उनी निरन्तर काममा सक्रिय छिन् ।

संक्रमणको जोखिमका कारण उनी घर पनि जान पाएकी छैनन् । परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् । उनले आफ्ना बुबाआमासँग पनि भेटेकी छैनन् ।

झाको लागि आफ्नो टोलीको सुरक्षा प्राथमिकतामा छ । यो क्रम फेब्रुअरी मध्यदेखि शुरु भएको थियो, जतिबेला उनको टोली चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा पहिलोपटक प्रवेश गरेको थियो ।

आफ्नो टोलीले नमुना संकलनको लागि स्वयंसेवकको भूमिका निर्वाह गर्न नहिच्किचाएको उनी बताउँछिन् । उनको टोलीले पूरा रात नमुना संकलनमा बिताएको थियो र अर्को दिन १७५ जनाकै रिपोर्ट तयार पारिएको थियो ।

महामारी बढेसँगै उनीहरुको कामको चाप बढेको छ । तर उनी आफ्नो तर्फबाट कर्मचारीहरुलाई सहयोग गर्ने र मनोबल बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । उनी आफूले कर्मचारीलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको बताउँछिन् ।

नेपालकी झासँगै चीन, ताजकिस्तान जोर्डन, एन्टीगुवाका महिलाको कथा समेटिएको छ जो कोरोना नियन्त्रणका लागि अअग्रपंक्तिमा रहेर काम गरिरहे्का छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु