प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

तनहुँ काङ्ग्रेसबाट कोरोना कोषमा सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २१ गते, आईतवार १९:२१

तनहुँ । नेपाली कांग्रेस तनहुँ र बन्दिपुर गाउँ कार्य समिति काङ्ग्रेसले बन्दिपुर गाउँपालिकाको कोरोना राहत कोषमा राहत रकम प्रदान गरिएको छ । पार्टीका जिल्ला कोषाध्यक्ष रेशम गुरुङले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि गाउँपालिकामा १ लाख ५४ हजार ८ सय ५० रुपैयाँ सहयोग गरिएको जनाए । कोरोनाको रोकथाम गर्नु सबैको जिम्मेवारी भएकाले आफूहरूको तर्फबाट पनि योगदान गरिएको उनको भनाई छ । गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा, उपाध्यक्ष करुणा गुरुङको समेत उपस्थितिमा गुरुङसहित गाउँपालिकाका काङ्ग्रेस सभापति कर्ण खत्री, गाउँपालिका सचिव बैश गुरुङ, वडा सभापति गोपाल अधिकारी, आमन्त्रित सदस्य सुरेश भट्टराईलगायत राहत रकम हस्तान्तरण गर्न गाउँपालिका कार्यालय पुगेका थिए । कोषाध्यक्ष गुरुङले अप्ठेरो परेको बेला एकले अर्कालाई सहयोग गर्नु मानवीय धर्म भएको बताए । उनले सरकारले कोरोना भाइरस नियन्त्रणको लागि चालेको कदम प्रभावकारी नभएको समेत आरोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु