बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

होटल बन्द गर्ने र १२.५ प्रतिशत मात्र तलब दिने हानको निर्णय प्रति सेफ फेडेरेशनको ध्यानाकर्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २२ गते, सोमबार ११:१९

काठमाडौं, २२ वैशाख – ग्लोबल नेप्लिज सेफ फेडेरेशनले होटल एशोसियसन अफ नेपाल अर्थातहानले ६ महिना सम्म होटल बन्द राख्दै कामदारहरूलाई १२.५ प्रतिशत मात्र तलब दिने निर्णय गरेकामा सो निर्णयको विरोध गरेको छ । साथै फेडेरेशनले १२.५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्यहरुलाई होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको प्रक्रिया सुरु गरेको सूचना दिने र आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गर्ने निर्णय गरिएको जानकारी गराएको भन्दै हानको सो कार्यले ग्लोबल नेप्लिज सेफ फेडेरेशनको ध्यानाकर्षण भएको जनाएको छ । फेडेरेशनका अध्यक्ष लक्ष्मन प्रसाद भन्डारीले सरकारको निर्णय विपरित हानबाट यस्तो निर्णय आउनु निकै दु:खद रहेको बताए ।

साथै उनले यस कदमबाट सम्पुर्ण होटल तथा रेस्टुरेन्ट सेफ (भान्से) जगत मर्महात भएको पनि स्पस्ट पारेका छन् । ‘यो विषम परिस्थिती सेफ (भान्से) जगतले पनि होटल ब्यवसायीको पिरमर्का बुझेका छन् भन्दै बन्दाबन्दीको अवस्थामा आकस्मिक रुपमा होटल ६ महिनासम्म बन्द राख्ने, १२.५ प्रतिशत मात्र तलब दिने, कर्मचारीलाई हटाउने भन्ने सम्मको निर्णय लिईनु सरासर गलत काम हो र यसलाई यथासिघ्र सच्याईनुपर्छ, यसको विकल्प छैन’ उनले भने । अध्यक्ष भण्डारीले यदि हानको निर्णय कार्यन्वयन भएको खण्डमा होटलमा कार्यरत सेफ लगायतका कामदारहरु भोकभोकै बस्नुपर्ने र पारिवारिक दायित्वलाई वहन गर्न समेत असमर्थ हुने उल्लेख गरे । साथै उनले कमसेकम होटल कामदारलाई दुई छाक खाना र ६ महिनासम्म कोठा भाडा सहयोग गरि सहज वातावरण सिर्जना गरिदिन सरकारको ध्यान आकृष्ट गर्न चाहेको बताए

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु