Talk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ
  • ओमसाई पाथीभरा हस्पिटलले आफ्नो हस्पिटलमा कार्यरत स्वाथ्यकर्मी तथा कर्मचारीको जीवन विमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार ११:५६

    झापा, २२ वैशाख । ओमसाई पाथीभरा हस्पिटलले आफ्नो हस्पिटलमा कार्यरत स्वाथ्यकर्मी तथा कर्मचारीको जीवन विमा गरेको छ । हस्पिटलमा कार्यरत १४६ जना चिकित्सक, नर्स र कर्मचारीको एक बर्षे जीवन विमा गरिएको हस्पिटलका निर्देशक बालकुमार पोखरेलले बताए । निजी क्षेत्रको हस्पिटलले आफ्ना स्वास्थ्यकर्मीका लागि कोरोना जोखिमका विरुद्ध विमा गराएको ओमसाई पहिलो हो ।

    हस्पिटलका संचालक समाजसेबी बालकुमार पोखरेल हस्पिटलले पुर्वान्चलमा धेरै सेवा प्रदान गर्दै आएको बताउँछन । हस्पिटलले गरिब दुखी बिपन्न बर्गका परिवारलाई नि केही राहत मिलोस भनेर सहुलियत सेवा सुबिधासमेत प्रदान गरेको पोखरेल बताउँछन् ।

    उनले कोभिड–१९ संक्रमणको त्रासको अवस्थामा समेत ज्यानको बाजी मारेर सर्वसाधारणको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीसँग वैशाख २० गतेदेखि लागू हुनेगरी जीवन विमा गरिएको जानकारी दिए ।

    विमावापत एक वर्षको रु ३ लाख ८३ हजार विमा कम्पनीलाई भुक्तानी गरिएको र यसबाट कार्यक्षेत्रमा खटिने सबै स्वास्थ्यकर्मीको मनोवल बढ्ने उहाँको धारणा छ ।

    विमामा भएको व्यवस्था अनुसार विमा अवधिमा कालगतिले मृत्यु भएमा रु। ५ लाख, कोरोना र अन्य दुर्घटनाबाट मृत्यु भएमा रु। १० लाख रकम परिवारका सदस्यले पाउनेछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु