• ‘बर पिपलु’ गीतको भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार ०८:०४

    काठमाडौ – चर्चित गायिका मेलिना राई र गायक श्रीकृष्ण बम मल्लको आवाजमा ‘बर पिपलु’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायत्री थापाको शब्द रहेको छ भने गायक तथा संगीतकार बम संगीत रहेको छ ।भिडियोमा हाँस्य कलाकार सागर लम्साल (बले) र यांग्सु श्रेष्ठको अभिनय छ । त्यस्तै, क्रान्ति केसीले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीको छायांकन रहेको छ । शिव दर्शन फिल्मसले गीतको भिडियो बजारमा ल्याएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु