काठमाडौं । बाँकेको नेपालगंजमा थप ७ जनामा कोरोना भाइरस (कोभीड-१९) को पुष्टि भएको छ ।
योसंगै नेपालम संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अस्पताल, नेपालगंजको प्रयोगशालामा भएको परिक्षणअनुसार नयाँ संक्रमितको पुष्टि भएको हो ।
पुष्टि भएकामा नेपालगंज-८ निवासी २२, ३०,४० वर्षका पुरुष र ९,३२,३४ र ५५ वर्षका महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्री रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।