युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल च्याप्टरको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमसत्यनारायणको आवाजमा मल्ल राजाहरुको मल्लकालिन गीतमय सरगमहिमाल र योङगीलाई यु–१९ सिंगल्स स्वर्णशम्भुले सिकागो म्याराथनमा दौड्नेएसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधिनवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा, शक्ति पिठहरुमा घुइँचोएसियाली ट्रायल रेसका पदक विजेता पुरस्कृतउर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहोर व्यवस्थापनबिजया दशमीको आज तेस्रो दिन,चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिदैआज शनिवार, राशिफल हेरेर जान्नुहोस् कस्तो रहला तपाईको आजको दिन ?

भारतमा अलपत्र परेका नेपालीलाई नेजस भारत द्वारा सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २३ गते, मंगलवार ०९:३३

नयाँदिल्ली ।चीनको वुहानबाट सुरुभएको कोरोना भाइरस कोभिड १९ का कारण विश्वका धेरै मानिस त्रसित बनेका छन् भने कति आतकित पनि बनेका छन् । धेरै नेपालीहरू रोजगार र अध्ययनका नाममा विभिन्न मुलुक पुगेका नेपाली उद्वारको लागि चिच्याइरहदा चिच्यावटको आवाज आवाजमा नै सिमित बन्न पुगेको छ ।

नेपाली जनसम्पर्क समिती भारत द्वारा राहत वितरण र तिर्थयात्री ,बिद्यार्थी, उपचारमा आएका बिरामी,बेरोजगार, मजदुर , बेखची असहायलाई ,नेपाल जाने बाध्यता बोकेर हिडेका नेपाली बाटोमा फसेर दोबाटोमा बस्न बाध्य भएका तथा कोरोना भाइरस कोविड़ १९,परिक्षण गरि निरोगी नेपालीलाई नेपाल फर्काउनु पहल र पिडिलाइ राहत वितरणमा जुटेको देखिन्छ ।

केन्द्रिय अध्यक्ष तथा नेपाली काङ्ग्रेस का आमन्त्रित केन्द्रीय सदस्य बाल कृष्ण पाण्डे को पहलमा पिडित लाई नेपाल पठाउन भारतको गृह मन्त्रालय र बिदेश मन्त्रालयबाट सहमतीको लागि पहल भइसकेको नेपाल सरकारले अनुमती को लागि र भारत भरी यसको प्रभावमा परेका नेपालीहरु मजदुर हरूलाई सहयोग गर्ने उदेश्यकासाथ विभिन्न ठाउँमा नेपाली बेरोजगार ,बिद्यार्थी, तिर्थ यात्री मजदुरको र बाटोमा फसेका नेपालीहरुलाई सहयोग समेत गरिएको छ ।

दिल्ली उत्तर भारत

नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्य नुरदेब कुवर बाट उत्तर प्रदेशको गाजियाबादका मोहन नगर ,कवि नगर ,नयेडा ८६ परिबार्लाइ राहत सामाग्री वितरण गरेका छन ।

केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे को पहल र समन्वयमा दिल्लीको मंगोलपुरी बादलगढ र मुडका मा रहने ५० नेपाली लक डाउनको समयमा समस्यामा परेका परीवारलाई नेपाली जनसम्पर्क समिति उत्तर भारतका पूर्व अध्यक्ष कृष्ण पाण्डे द्वारा केहि हप्ताको लागि खाद्यान्न सहयोग गरेका छन ।

लाजपत नगर शाखा सचीव एबम समाजसेवी टि •आर• शमाले भारतिय उनका साथिको सहयोमा एक मैना देखि खानाको व्यवस्था गर्दै आइरहेका थिए ।

शर्माले दिल्ली ,नोयेडा,गाजियावाद ,गुरुग्राम ,लगाएत स्थानमा ६०० जना नेपालीहरुलाई दिनँहु खाना खुवाउने काम गर्दै आएका छन ।दूतावासको पहलमा गुरुग्राममा ३५ जनालाइ खाद्यान्न सहयोग अध्यक्ष को पहलमा भएको छ । सुनिता कुवर को पहलमा छ्त्रपुरमा १५ जना परिवारलाई खाद्य सामग्री समेत उपलब्ध गराउनु भएको छ।

पञ्जाव

लुधुयानाको विभिन्न ठाउमा क्षेत्रीय तार बेलबासे कोषाध्यक्ष ज्युको पहलमा १४६जना लाई खाद्यान्न सहयोग गर्नु भएको छ। सनिल पोखेलको पहालमा ३० जनाको लागि खाद्यान्न बितरण भएको छ। राजु चन्द ठकुरिको पहलमा ४६ जनाका लागि खाद्यान्न व्यवस्था गर्नु भएको छ ।

पुना

नेपाली दूतावासले रिफारिस गरेका गोपाल सुनार लगाएतका नेपाली पिडितरुलाइ केन्द्रिय कोषाध्यक्ष बिराट श्रेष्ठले खाद्यान्न सहयोग गर्नु भएको छ।
महेन्द्र शमा भुसाल मान बहादुर खत्री लोकेस शाही लगायतका व्यक्तिहरुको पहलमा ३०० जनालाइ खाद्यान्न वितरण गरेको छ ।
पुना महानगरपलिकामै केन्दिय अध्यक्ष बाल कृष्ण पाण्डेको समन्वनयमा पुर्ब अध्यक्ष नेजस महिन्द्र शर्मा भुसाल केन्द्रिय कोषाध्यक्ष बिराट श्रेष्ठ क्षेत्रीय उपाध्यक्ष मान ब खत्री सदस्य अमर तिरुवा सह कोषाध्यक्ष धिरेन्द्र शाही पिम्प्री चिन्चवड शाखा अध्यक्ष हरीष रावल अध्यक्ष शाखा सचिव मदन रावल उपाध्यक्ष नवीन बाहेक ईन्द्र धामी को पहलमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (COVID – 19) ले गर्दा सुर्खेत जिल्ला पन्चपुरी नगरपालिका साबिक ४ बाबिया चौरका ५ जान परिवार केहि अलपत्र परेको त्यहाको बास्तबिकता बुझी दैनिक आवश्यक सामग्री चामल, २५ दाल, २ तेल,१ नुन, १ मसला आटा ५ वितरण गरेको छ ।

अमरनाथ

मित्रबहादुर नेगिले असहाय घर परिवार नेपालीहरुलाइ खाद्यान्न सहयोग गर्नु भएको छ।

कर्नाटाका

ने ज स दक्षिण भारत क्षेत्रका महासचिव बिमल राज बिस्टकाे पहलमा बेङलाेरमा ने ज स बेलुन्दर शाखाका अध्यक्ष दिवश शाहिकाे सहयाेगमा राहत १५ परिवारलाइ वितरण गरिएको छ ।

भोपालको

लोकमणि घिमिरे रामनाथ अधिकारी युवराज अर्याल लोकमणि नाथ तिमिल्सेना तिलक पाण्डे शंकर रेग्मी ददिराम गैरे लगाएतको सहयोगमा ३६ परिवारलाइ राहत वितरण गरिएको छ।

मद्रास

शिव बलाएर चन्दकान्त आचार्य सरसोरी निउरेको पहलमा १४ जना तिर्थ यात्री ३६ जना बेरोजगारी मजदुरलाई खाद्यान्न वितरण गरेको छ ।

हरियाणा

नेपाली जनसंम्पर्क समिति भारतका केन्द्रिय सदस्य राम प्रसाद डुम्रेको नेतृत्वमा पश्चिमउत्तरको हिसाबमा ४५ जना मजदुरलाई खाद्यान्न वितरण गरेका छन ।

मुम्बईमा

नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्र द्वारा डोंम्विवली देशले पाडा स्थित रोजगारीको सिलसिलामा आफ्नो देश छोडि प्रवाशमा आई आजको यो विषम परिस्थितिमा आफ्नो जिविकोपार्जन गर्न कठिनाइ भएकोले नेपाली जनसम्पर्क समिति केन्द्रिय अध्यक्ष पाण्डेको निर्देशनलाई सहर्ष स्वीकार्दै बरिष्ठ उपाध्यक्ष हर्क साउद र नेपाली कांग्रेसका महासमिति सदस्य श्री रुपेश कुवँरसंग परामर्स गरि केन्द्रीय खेलकुद सचिव गोबिन्द बहादुर थापाको पहलमा डोंम्विवलि क्षेत्र शिक्षा सचिव सन्तोष विष्ट डोंम्विवलि शाखा अध्यक्ष श्री रमेश पुरि लगायत सबै नविन भन्डारी भरत तिरुवा हर्क शाही शेर बहादुर थापा तिलक लामिछाने जय प्रशाद भट्टराई आदि सबै जनाको सहकार्य र पहलमा डोंम्विवलि पश्चिममा देशले पाडामा रहेका मजदुरी गरि आफ्ना परिवार खान कठिनाइ भएकाले १५ घर परिवार लाई ५ केजीको दरले चामल दाल तेल नुन नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रद्वारा वितरण गरेको छ।

कोलकोत्ता

राम बहादुर बस्नेत को पहलमा २३ जना मजदुरलाई राहत बितरण गरेको जानकारी
नेपाली जनसम्पर्क समिती भारत केन्द्रिय महामन्त्री नारायण प्रासाद भुसाल ले दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु