• पौडेलको अगुवाइमा अधिकारीलाई २० थान पीपीई हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलवार २०:२१

    काठमाडौं, २३ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न अभियान चलाईरहेका समाजसेवी शिव अधिकारी अबिरललाई भिलेज टुरिजम – नेपाल (गाउँले पर्यटन–नेपाल) का अध्यक्ष तेजेन्द्र शर्मा पौडेलले पनि साथ दिएका छन् ।

    कोरोना संक्रमण रोकथामका लागि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका पौडेललाई उपलब्ध सामग्रीमध्यबाट अधिकारीलाई २० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एक सय पिस माक्स र १ सय पिस ग्लोब्स प्रदान गरेका हुन । अधिकारीले उक्त सामग्रीहरु नुवाकोटाको तारकेश्वर र मेघाङ क्षेत्रमा प्रदान गरिसकेको जानकारी दिए ।

    साथै उनले आफ्नो अभियानमा साथ दिने पौडेलप्रति आभार प्रकट गर्दै नुवाकोटका अन्य क्षेत्रहरुमा पनि आगामी दिनमा यस्ता सहयोगहरु जारी राख्ने प्रतिवद्धता जनाए । अधिकारीले विगत २ महिना देखि नुवाकोटका विभिन्न स्थानमा माक्स, स्यानिटाईजर, पिपिई लगायतका सामग्री प्रदान गर्दै आएका छन् ।
    स्मरण रहोस् गाउँले पर्यटन–नेपालका प्रमुख संरक्षक पूर्वमन्त्री सुनिलबहादुर थापा हुनुहुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु