केबल प्रदायक संस्था सिम टिभीबाट अनलाईन कक्षा शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २३ गते, मंगलवार २१:४८

चितवन । विगत केही बर्षबाट स्थापित केबल प्रदायक संस्था सिम टि.भी नेपालले अनलाइन कक्षा शुरु गर्न थालेको छ । लामो समयको लकडाउनका कारण विद्यार्थीलाई घरबाटनै अध्ययन, अध्यापन गराउने उद्धेश्यले अनलाईन कक्षा शुरु गरिएको हो । हाल सिम टि.भीमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीको लागि अनलाइन कक्षा शुरू गरेको छ । लकडाउनका कारण लामो समयदेखि विद्यालयहरुमा पठन पाठनमा अवरोध भएकोले र लकडाउन थपिन सक्ने अवस्थालाई मध्यनजर गर्दै अनलाइन कक्षा सुरु गरेको एस्किना केबल नेटवर्क प्रा.लिका प्रबन्धक निर्देशक दिपक अधिकारीले जानकारी दिए । सिम टि.भीले हाल मकवनपुर, नवलपुर, चितवन लगायतका जिल्लामा सेवा प्रदान गर्दै आएको छ । सोही अनुसार ती जिल्लाहरुका विद्यार्थीले अनलाइन कक्षा लिन सक्नेछन । अधिकारीका अनुसार सिम टि.भीबाट कक्षा ४ देखि कक्षा १० सम्म घरमै बसेर अनलाइन कक्षा हेर्न सकिने छ । ‘लकडाउनले गर्दा विद्यार्थीको भविष्यलाई समेत असर पर्ने भएकोले हामीले उत्तरदायित्व निभाएका हौं ।’ प्रबन्ध निर्देशक अधिकारीले भने । कम्पनीले च्यानल न.००१०७ मा जुनियर, ०११५ मा राईम्स र ०१०११७ मा अनलाइन कक्षा दिईरहेको जानकारी दिएको छ । र केही प्राविधिक समस्या भए कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु