प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

चुनौतीको सहजीकरण:

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २३ गते, मंगलवार २२:३५

लक्ष्मी राना, काठमाडौ ।

नदेखिने कोरोना कति खेर घर भित्र छिर्ला भन्ने डर उस्तै छ मलाई, हप्ता दश दिनमा किनमेलको लागि बाहिर निस्कदा बुइ चढेर सुटुक्क कोरोना छिर्ला कि भनेर डराउछु पनि तर पनि बाच्नु त पर्‍यो हतार हतार जान्छु अनि हतार हतार फर्कन्छु ।

बाच्नु पर्ने चुनौती उस्तै छ कोरोनाको भन्दा पनि आफ्नो अनि उस्तै चुनौती पनि छ आर्थिक भार र गरिब जनताको भोक, सरकारले दुईभागमा अध्यादेश ल्याए तर ल्याएन महामारी विरुद्धको बाच्ने प्रणाली , जनता सोच्न बाध्य छ कि “सरकारको ध्यान कता छ?” देशमा कोरोना सक्रमित बढिरहदा सरकारले रोकथामको अगुवाइ नगरी लकडाउन बढाइदिएको छ, सबै जनता घर भित्र छन् र पनि सक्रमित बढिरहेको छ दोष अब कल्लाइ दिनु ? जनता या त सरकार ? यस्तो लाग्छ कोरोना सक्रमित बढ्दा नेपालले दिपावली मनाइराछ , हतार हतार गुगल अपडेट भैहाल्छ अनि डर जनतामा सङ्कट अनि अभावको । चुनौती त यहाँ मुख्य गरि जनतामा छ भबिस्य अनि जिबिकोपार्जनको लागि, कोरोनाको कहर अनि गरिबिको प्रहर यस्तो लाग्छ यी दुबै घातक छन् जसले जनजिबन नाश गर्छ ।

सरकारलाई पार्टी फुटाउन र बैठक बस्दैमा फुर्सद छैन अनि जनता घर भित्र कैदी झैँ बस्नमा, “लकडाउन कडाई” भन्ने अनि भारतीय नाका खुल्ला गरे पछि कोरोना मात्र होइन सरकार भोकमरी पनि भित्रियाएको छौं । पहुच पुग्नेलाइ भरपुर डुल्न दिएकै छौं, अनि तिनैलाइ बोर भयो लकडाउन भन्दै डुल्न दिएकै छौँ, भबिस्य कोरौला र जीवन सजिलै बिताउला भन्ने लोकसेवा बन्द गराएकै छौं, सोचाइ आउँछ कि लोक सेवा बन्द गरे राज्यको कोष आफै भरिनेछ त्यो भन्दा बढी अरु के चाहियो र? खाडिका नेपालीहरु एम्बेस्सीमा धर्ना गरेका छन् नेपाल फर्काइदेउ भन्दै अनि बाकी बिचका यता न उताकालाई थुनिदेकै छ घरभित्र लकडाउन पालना गर भन्दै । तालीमय छ तिम्रो क्षमतालाइ । अझै समचार आउँछ “कोरोना कोषबाट ३ अर्ब ४२ करोड खर्च भयो” तर खै देखिन्न त अरबौको खर्च ! उस्तै छ त जनताको डर रोग भोकको चुनौती । बिश्वास कहाँ गर्ने? दैनिक ज्याला मजदुर गरेर गुजारा चलाउने कामदार तथा बिपन्न र गरिब परिवारमा समस्या बल्झिदै गएको छ त्यसको लेखाजोखा कल्ले गर्ने ? हामी रोग रोग भन्छौ तर भोक भोक भनेको चाहिँ कल्ले सुन्ने ? छ त कुनै निकाय ? चुनौती त यहाँ पो छ बुझ्ने कल्ले अनि बुझाउने कल्ले ।

विभिन्न निकायबाट खबर आउँछ “एक छाक खानाका लागि बन्चित हुनेहरुले फलानो ठाउँमा सम्पर्क गर्नु…” तर कहिले सम्म ? खाधन्न सङ्गै रोग भगाउने उपाय लगाउन सकिन्न र ? सहजीकरण त सबै मिलि गर्नुपर्छ नि आखिर बाच्ने रहर सबैमा छ , अनि फेरि यतिका चलखेल के का लागि त ? सरकारले राजनिती कामकाजीलाई थाती राखेर रोग भगाउ भन्ने नारालाई अगाडि बढाउने हो भने साच्चिकै कोरोनालाई जित्न सकिन्थ्यो । डरै डरको चुनौतीलाई अगाल्ने कहिले सम्म त? भन्ने प्रश्नले जलाइदिएको छ जनताको जनजीवन । लकडाउनका कारण बिश्वमा आर्थिक मन्दी र सामाजिक असन्तुष्टि साथै राजनितिक सङ्कट त छदै छ त्यसमा पनि नेपाल जस्तो मुलुकमा गरिब जनता भोकले मर्ने कुरा कोरोना भन्दा ठूलो संकट भोलिका दिनमा नआउला भन्न सकिन्न । संसदको कानुन न्याय तथा मानव अधिकारको रणनीतिलाई अगाडि बढाउनु चुनौती सहजीकरणको रुपमा लिन सकिन्छ । आज जुन चुनौतीमा गुज्रिरहेको छ त्यसलाई सहजता बनाउन को लागि नेपालले सबै भन्दा ठूलो भारतिय नाकामा रोक लगाउनु जरुरी छ, सबै भन्दा ठूलो रोग अभाव र भोक हो जसलाई रोक्न कसैले सक्दैन यो समय भनेको राजनितिक एकता सबै भन्दा ठूलो हतियार हो कोरोना जित्ने, जनता बाचे राजनीती बाच्नेछ ।

त्यसैले सरकारको अँखा राजनीतिक चलखेल र आर्थिक कोष तिर होइन रोक र भोक तिर लगाए जनता पनि बाच्ने र राजनीति पनि बाच्ने हुनेछ । कुनै पनि युवा खाली झोला बोकेर गाउँ छिर्न नपरोस्, कुनै पनि गरिब भोकले मरेको सुन्न नपरोस्, कुनै पनि जनता अभावमा जिउन नपरोस् अनि कुनै पनि कार्यलय कर्मचारी बिहिन हुन नपरोस् । अनि बल्ल बन्छ समृद्धि नेपाल सुखी नेपाल ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु