प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

पूर्व क्रिकेट खेलाडी तथा समाजसेवी बरदान चालिसेद्वारा मध्यम वर्गलाई राहत सहयोग प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २४ गते, बुधबार १४:५५

काठमाडौं। कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि नेपालमा लकडाउन भएको पनि आज बुधवार ४४ दिन पुगेको छ। ४४ दिनसम्म पुग्दा धेरैजनाको रोजगार गुमेको छ। धेरैको हालत बेहाल भैसकेको छ। विपन्न वर्गलाई सरकारले राहत दिएर सहयोग गर्ने कार्य भैरहेको छ। तलपनि जान नसक्ने र माथि पनि पुग्न नसक्ने मध्यम वर्गको समस्यालाई आत्मसात गर्दै पहिलो पल्ट मध्यम वर्गलाई पनि राहत दिने कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित बालुवाटार–चण्डोल टुँडालदेवी आसपासका क्षेत्रमा बस्ने मध्यम वर्गिय परिवारलाई राहत दिने कार्य भएको हो।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीको अध्यक्ष राम प्रसाद न्याैपाने र सामाजिक अभियान्ता भैरब सापकोटा को बिशेश अनुरोधमा पूर्व क्रिकेट खेलाडी तथा समाजसेवी बरदान चालिसेले मध्यम वर्गलाई राहत सहयोग प्रदान गरेको हो। मध्यम वर्गिय परिवारको अझ व्यापक समस्यालाई मध्यनजर गरेर पूर्व क्रिकेट खेलाडी तथा समाजसेवी बरदान चालिसेले ५२ जनालाई राहत प्रदान गरिएको जानकारी सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले बताएका छन्।

यो विषम परिस्थितिमा आफूले सक्दो सहयोग गर्न पाउंदा अत्यन्त गौरब लागेको भिजन संसार डटकमको भिडियो वार्तामा पूर्व क्रिकेट खेलाडी तथा समाज सेवी बरदान चालिसेले बताएका छन्।

राहत सहयोग वितरण कार्यमा बरदान चालिसेकी जीवन संगीनी रिभा पोखरेलका साथमा अनिशराम भट्टराई, ईश्वरी अधिकारी, सूर्यभगत श्रेष्ठ ,राजेन्द्र मान जोशी,प्रकाश महर्जन, शिवहरि खनाल, प्रहरी सहायक निरीक्षक कल्पना थापा धमला लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशन मिति–२०७७ साल बैशाख २४ गते बुधवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु