कागेश्वोरी मनहरा वडा नम्बर आठ को प्रयोजनका लागि दाल ,चामल हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २४ गते, बुधबार १८:४९

काठमाडौ ।चीनको वुहान प्रान्तबाट सुरु भई फैलिएको कोभिड-१९ ले विश्वभर महामारीको रूप लिएको छ। सम्भावित महामारीलाई रोक्न नेपाल सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ।

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गुमाउनु पर्दा दुई छाक खान नपाएकाहरुका लागि लक्षित गर्दै निः शुल्क खाना खुवाउन थालिएको कागेश्वोरी मनहरा वडा नम्बर आठ को प्रयोजनका लागि नेपाल उधोग बाणिज्य महासंघको सामाजिक शाखा प्रमुख जय प्रसाद सिवाकोटी महासंघका महिला विकास समितीका केन्द्रिय सदस्य तथा गोठाटार निवासी सामाजिक अभियान्ता जयकला बस्नेत को बिशेश पहलमा
नेपाल उधोग बाणिज्य महासंघले ५०० किलो चामल र ५० किलो दाल नगर प्रमुख कृष्ण हरि थापा मार्फत हस्तान्तरण गरिएको समाजसेवी डम्बर बस्नेतले जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु