भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • विश्वभर कोरोनाभाइरसका कारण २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार १५:५४

    काठमाडौं, बैशाख २५ । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ ।
    जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि भएको हो ।

    युरोपेली मुलुकहरुमध्ये बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३० हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

    संयुक्तराज्य अमेरिकामा लगातार दोस्रो दिन २३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा अमेरिकामा २ हजार ५२८ जनाको ज्यान गएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको संख्या ७४ हजार ८०९ पुगेको छ ।

    कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा ३६९, स्पेनमा २४४ र फ्रान्समा २७८ जनाको ज्यान गएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु