दागबत्ती , लघुकथा
इन्दिरा कार्की
राजन त्यो टोलकै धनाढ्य।छोराछोरी सबै युरोप लाखौं कमाउँथे ।बुढालाई अलि घमन्ड पनि थियो धनको । सधैं बिहान चियापसलमा जाने उनको बानी नै थियो । चियापसलमा छोराछोरी बिदेश नपठाएको भनेर भाइ भतिजालाई पनि गाली गर्थे ।आफ्ना छिमेकीहरुलाई पनि नेपालमा राखेर छोराछोरी बिगार्ने काम गर्योेे भन्दै नेपालमा के भबिस्य छ यिनको ?भन्दै कराउँथे ।आफ्ना छोराछोरी नेपालमै हुनेहरु हत्तपत्त उनलाई भेट्न डराउँथे । बिस्तारै चिया पसलमा मान्छे कम हुँदै जान थाले ।बिदेश छोराछोरी नपठाएकाहरु चिया पसलमा जम्मा हुनै छाडे ।उनीहरुलाई हिनताबोध हुन थाल्यो । बाआमाले छोराछोरीलाई हुतिहाराहरु भनेर कराउन पनि सुरु गरे।फलानाका छोराछोरीहरु लाखौं कमाउँछन हाम्राचाहिँ यो गति!छोराछोरीलाई पनि लाग्न थाल्यो के हामी बिदेश नगएर गल्ती नै गर्या हो त?घरघरमा तनावको सृजना हुन थाल्यो ।
सुनसान चियापसलमा आज फेरि भिड जम्मा छ किन होला?मान्छेहरु अचम्मित छन ।यो भिड देखेर सबै दौडेर त्याहाँ जम्मा हुन थाले। गाडी दुर्घटना भएछ राजन बितेछन ।टोलमा नै सन्नाटा छायो किन? कसरी ? बिदेश फोन भयो छोराछोरी बोलाउन, छोराछोरी आउन नपाउने भए । पोस्टमार्टम सकियो ।कतिदिन कुर्ने ? बुढी हस्पिटलमा छिन बेहोस चारदिन भैसक्यो । आफन्तजन अन्योलमै थिए। अब के गर्ने ? कसो गर्ने ?त्यहिबेला हरि आए म गर्छु ठुलो बुवाको क्रियाकर्म भन्दै, जो मास्टर थिए । हिजोसम्म नजिक पर्न डराउने हरिले आज ठुलो बुवाको पाउ समातेर ढोगे,हातले सुमसुम्याए ।
शवलाई खुब हेरेर्आँसु झार्दै रुँदै भने,” ठूलो बुवा म हजुरको नजिक बस्न माया पाउन सधैं तडपी रहे “। म दशैमा हजुरको हातको टीका लगाउन चाहान्थे तर डर लाग्थ्यो हजुर सामु आउन ,म त बिदेश नजाने छोरो । थोरै कमाए पनि आफ्नै परिवारसङ्ग बस्नु पर्छ भन्ने थोत्रो आदर्श बोकेको गरिब छोरो म ,ठूलो बुवा ! हेर्नुस न हजुर त्यति ठूलो महलमा बस्नुहुन्थ्यो म यो सानो झुपडीमा ! कसरी मैले हजुरलाई आफ्नो ठूलो बुवा भनूँ? बिलौना गर्दै दागबत्ती दियो हरिले । तेह्रदिनको कर्म सिध्याएर उ घर फर्कने तयारी गर्दै थियो ।ठूली आमाले भनिन, “बाबु म पनि तिमीसंगै जान्छु ” हजुर म सङ्ग जाने?”
हो छोरा, अब मलाई सम्पति होइन माया र साथ चाहिन्छ।बूढीले एकचोटि फर्केर घरलाई हेरिन ,राजनलाई सम्झिन, छोराछोरी र बुहारीलाई सम्झिन अनि पिताको निधनहुँदा पनि आउन नपाउने उनीहरुको विवसतालाई
सम्झिन अनि आफ्नो छोराछोरी बिदेशहुँदा आफुहरुले देखाएको दम्भ सम्झिन …
लेखक : भरतपुर १२ ,चितवन ग्रीनल्याण्ड पब्लिक स्कूलकी प्राचार्य हुन ।