• मलेसियाले जनवरी १ देखि भिसा सकिएकालाई लकडाउन सकिएको १४ दिनभित्र टिकटसहित स्वदेश फर्कने अवसर दिने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार ०८:४६

    काठमाडौं, २६ बैशाख । मलेसियाले जनवरी १ देखि भिसा सकिएकालाई लकडाउन सकिएको १४ दिनभित्र टिकटसहित स्वदेश फर्कने अवसर दिने भएको छ ।

    विभागले आज सूचना जारी गर्दै कुनै जरिवाना बिना मे १२ देखि २६ सम्म थप कागजात वा कुनै पास नबनाइ स्वदेश फर्कन चाहनेलाई अवसर दिएको हो ।

    मलेसियाले भिसासम्बन्धी लिइएको नयाँ नीतिबारे जानकारी दिँदै क्वालालम्पुरस्थित नेपाली दूतावासका अनुसार त्यस्ता कामदारलाई सीधै टिकट काटेर आफ्नो देश जान अनुमति दिइएको छ ।

    मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले डिसेम्बर ३१ भन्दा अगाडि भिसा समाप्त भइसकेका कामदारमाथि भने कारबाही हुने न्यूज २४ लाई जानकारी दिनुभयो ।

    एमओसी सुरु हुनुभन्दा अगाडि वा सुरु भएपछि भिसाको म्याद समाप्त भएका कामदारको नवीकरण गर्नुपर्ने भएमा एमओसी समाप्त भएको ३० दिनभित्र आवेदन दिनुपर्ने छ ।

    यस्तै, साउदीले पनि सबै देशका आप्रवासीलाई स्वदेश फर्कन पाउने बाटो खुल्ला गरिदिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु