विश्वभर कोरोना भाइरसबाट ३९ लाखभन्दा बढी संक्रमित २ लाख ७० हजार भन्दा बढीको निधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार ०९:०३

काठमाडौ , २६ वैशाख । कोरोना भाइरसबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार २ लाख ७० हजारभन्दा बढीको संक्रमणबाट निधन भइसकेको छ ।

सबैभन्दा बढी अमेरिकामा १२ लाख ९२ हजार संक्रमित भइसकेका छन् । त्यहाँ ७६ हजारको संक्रमणबाट मृत्यु भएको छ ।स्पेनमा संक्रमित संख्या २ लाख ५६ हजार पुगेको छ । इटालीमा २ लाख १५ हजार र बेलायतमा २ लाख ६ हजार संक्रमित संख्या छ । रुसमा १ लाख ७७ हजार र फ्रान्समा १ लाख ७४ हजार संक्रमित भइसकेका छन् ।

एजेन्सी सहयोगमा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु