भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • बिश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ७४ हजार नाघेयो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार ०५:३७

    वैशाख २७, काठमाण्डौ । बिश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ४ सय नाघेको छ ।
    कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ ।

    अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या शनिवार राति १ बजेसम्मको रिपोर्टअनुसार ७७ हजार ९ सय पुगेको छ । त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १३ लाख ८ हजार ७ सय पुगेको छ । शुक्रबार मात्र अमेरिकामा ९ सय ७६ जनाको मृत्यु भएको छ ।

    उता, बेलायतमा मृत्यु हुनेको संख्या ३१ हजार २ सय ४१ पुगेको छ । संक्रमितको संख्या २ लाख ११ हजार नाघेको छ । बेलायतमा कोरोनाभाइरसको असर बढी नै देखिएको छ । त्यहाँँ सुरुवाति चरणमा नियन्त्रणमै रहे पनि पछिल्लो समय यसको असर तीव्र रुपमा देखिएको छ ।

    कोरोनाको उद्गमस्थल चिनमा ८२ हजार ८ सय ८६ जना संक्रमित भएका छन । तर त्यहाँ ७७ हजार ९ सय ८३ जना उपचारपछि निको भइसकेका छन् ।

    चीनको वुहानबाट सुरु भएको यो महामारीको असर पछिल्लो समय युरोपमा बढी देखिएको छ ।
    शुुुक्ररबार इटालीमा २ सय ४३ जनाको मृत्यु भएको छ भने स्पेनमा २ सय २९ जनाको मृत्यु भएको छ । योसहित इटालीमा मर्नेको संख्या ३० हजार २ सय १ पुगेको छ भने स्पेनमा २६ हजार ३ सय पुगेको छ ।

    फ्रान्समा २६ हजार २ सयभन्दा बढिको मृत्यु भइसकेको छ । फ्रान्समा १ लाख ७४ हजार ८ सय संक्रमित छन् । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या १ हजार ९ सय ८५ जना पुगिसकेको छ । भारतमा संक्रमितको संख्या ५९ हजार ६ सय नाघेको छ ।

    बेल्जियममा पनि मृत्युको संख्या ह्वात्तै बढेको छ । जहाँ ८ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

    यस्तै जर्मनीमा १ लाख ७० हजार संक्रमित हुनुका साथै ७ हजार ४ सय भन्दा धेरैको मृत्यु भएको छ ।

    इरानमा १ लाख ४ हजार ६ सय ९१ संक्रमित छन् । साथै ६ हजार ५ सय ४१ को मृत्यु भएको छ । रुसमा पनि १ लाख ८८ हजार जना संक्रमित भइसकेका छन् भने १ हजार ७ सय २३ को मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु