• स्वास्थ्य सामग्री हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार ०७:०३

    नुवाकोट। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले गरिरहेको लकडाउनको अवस्थामा कोरोनाभाइरसलाई नियन्त्रणगर्नका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

    नेकपाका नेता एवम् बागमती प्रदेश नेकपा ससंदका प्रमुख सचेतक मा.केशवराज पाण्डे र नेकपा नुवाकाेटका युवा नेता एवंम बागमती प्रदेश सासंद मा.बद्री मैनाली द्वारा सयुक्त रूपमा ककनि गाउँपालिका र बेल्काेटगढी नगरपालिका लागि स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण भएको हो ।

    ककनी गाउँ पालिका प्रमुख मान बहादुर लामा, वडाध्यक्ष चन्द्र बहादुर बलामी,शेषमान तामाङ्,दिपेश लामा,बेल्काेटगढी नगरपालिकाकाे ११ का वडाध्यक्ष रामहरी पाण्डे अन्य जनप्रतिनिधी लगायत नेकपा नुवाकाेटका नेताहरू बिष्णु लाेहनी,राजकुमार रेग्मी ,काशीराज अधिकारी,शिव पाैडेल,बेल्काेट नेकपा सचिब नमराज तिवारी लगायत उपस्थिति थियोे ।

    स्वास्थ्य सामग्री हरूमा ककनी गाउँपालिका लागी पिपिई ५ थान स्यानिटाईजर २० पिस माक्स ५०० पिस र बेल्काेटगढी नगरपालिका लागि पिपिई ५ स्यानिटाईजर २५ पिस माक्स ४०० पिस रहेको छ ।

    कार्यक्रममा कोरोनाभाइरस महामारीले स्थानीय जनतामा पारेको प्रभाव,त्यसको रोकथाम ,नियन्त्रण र उपचारको लागि आबश्यक स्वास्थ्य ब्यवस्थापन,राहतको अबस्था लगायत बिषयमा अन्तरक्रियात्मक छलफल भएको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु