• थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार ०८:४२

    काठमाडौं । नेपालमा कोरोनाभाइरस आज फेरि ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ नै वर्षका पुरुष साथै पर्साको छपकैया निवासी ६२ वर्षीय पुरुषमा रहेका छन् ।

    नेपाल मा अहिलेसम्म संक्रमितको संख्या १०९ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु