• आकस्मिक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार १०:४४

    काठमाडौ-१९, यस कोभिड -१९ महामारीको विषम परस्थितिलाई ध्यानमा राख्दै रक्तअभावको कारण कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यले टिम ब्लडपल, डिजी पे, श्री कंग अजिमा सास्कृतिक पुचः तथा नेपाल दशनामी यूथको संयुक्त प्रयासमा ‘आकस्मिक रक्तदान कार्यक्रम’ आयोजना काठमाडौंको यत्खा-१९ मा अवस्थित श्री कुमारी मन्दिर परिसरमा आयोजना गरेको छ।

    उक्त कार्यक्रममा रक्तदाताहरु र स्वयंसेवकहरुलाई सामाजिक दुरी कायम गरी व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी जम्मा ४४ जनाले रक्तदान गर्नुभयो।

    कार्यक्रम सन्चालन हुँदै गरेको क्रममा भारी वर्षाले असर पारेको थियो र उक्त कार्यक्रम स्थल परिवर्तन गरि आफ्नो आकस्मिक रक्तदान कार्यक्रमलाई निरन्तरता दिईएको जानकारी कार्यक्रम संयोजक ब्लडपलका सक्रिय सदस्य श्री तुला बहादुर सुनुवारले दिनुभयो।

    उपस्थित सम्पुर्ण रक्तदाताहरु, विभिन्न सहयोगी संस्थाका स्वयंसेवकहरु तथा नेपाल रेडक्रस सोसाइटी (भक्तपुर) लाई प्रसंशा स्वरुप प्रमाणपत्र वितरण गर्दै सहायक कार्यक्रम संयोजक सुश्री सुस्मिता महर्जनद्वारा आकस्मिक रक्तदान कार्यक्रम समापन गरिएको थियो। “प्रतिकूल मौसमका बावजुद स्थानीय जनसमुदायको इच्छा पूर्ण सहभागिताका कारण कार्यक्रम सफल भएको छ। यसरी नै एक्यबद्ध भई रगत व्यवस्थापन सम्बन्धी आगामी दिनहरुमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरी जीवनरक्षाको निम्ति निरन्तर लागिरहने छौँ।” ब्लडपलका सल्लाहकार सुशन कर्माचार्यले बताउनुभयो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु