आज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा

गायक जोहेबको बिल्कुलै नबिनतम प्रयास “सुनसान बस्ती”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २७ गते, शनिबार ११:१८

-सचिन्द्र श्रेष्ठ
हरेक पटक आफूलाई सङीतमा नया प्रयोग फरक शैली गर्न रुचाउने चर्चित गायक जोहेब मानन्धर यस पाली पनि केही भिन्न शैलीमा प्रस्तुत भएका छ्न।अहिले कोरोनाको महामारीले बिश्व नै ग्रस्त भएको बेला यो सम्बन्धी धेरै कलाकारहरुले धेरै थरि गीतहरु निकालेका छ्न।तर गायक जोहेब ले केही भिन्न शैलीमा कबितात्मक रुपमा यो भिडियो रिलिज गरेका छ्न।’सुन्सान बस्ती’ नामाकरण गरेको यस भिडियोमा आवाज र शब्द स्वयं जोहेब को नै रहेको छ।
ब्याकग्राउंड सङीत सन्दिप कार्की को छ भने भिडियो ग्राफी / सम्पादन जोएल यम डि आर को छ।छोटो मीठो शब्द मा तयार पारिएको यो भिडियो अहिले को समय सन्दर्भ बनेको छ। नेपालमा अहिले लक डाउनमा बस्न लागेको झन्डै करिब दुई महिना हुन लाग्दा आम मानिसमा कस्तो भावना मन मा उब्जेको छ भन्ने कुरा यस ” सुनसान बस्ती” ले उजागर गरेको छ।जुन काम निकै नै प्रशंसनिय छ।
सारै नै मीठो यो कबिता वाचन र यसको भिडियोलाई छोटो समयमा निकै दर्शक श्रोताले मन पराइदिएका छन।जोहेबले आफ्नो फेसबुक माफर्त भिडियो रिलिज गरेको यो गीतलाई यूट्यूबमा पनि हेर्न सकिन्छ। २५ बर्ष नेपाली सांगीतिक क्षत्रमा बिताउदै गरेका गायक जोहेबको सदाबहार गीत ” म यस्तो गीत गाउन्छु तिम्रो चाहनामा” बाट नेपाली सांगीतिक दुनियामा स्थापित भएका थिए।तत पश्चात थुप्रै एल्बम र गीतहरु पस्किदै आएका जोहेब को यो भन्दा केही समय अगाडि ” यो जिन्दगी ” बोलको गीत सार्वजनिक भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु