तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाली हरू एक ढिक्का भएर भूमि रक्षाको अभियानमा जुटन प्रतिष्ठान को आव्हान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २८ गते, आईतवार ११:४७

काठमाडौं। भारतले नेपाली भूमि कालापानी लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडक निर्माण गरेर त्यसको उदघाटन समेत गरेकोमा सर्वत्र विरोध भैरहेको छ।
यसक्रममा स्वर्गिय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले पनि विज्ञप्ति जारी गरेर विरोध जनाएको छ। प्रतिष्ठानले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको कहरमा भारतले गरेको उक्त कार्य प्रति विरोध जनाएको हो।

सामाजिक अगुवा तथा प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालद्वारा हस्ताक्षरित जारी विज्ञप्तीमा भारतीय पक्षले नेपालको भूमि हुँदै चीन जाने बाटो बनाउनु र आफ्नो नेपालको भूमिमा भारतले सडक निर्माण गर्दासम्म पनि नेपाल सरकारले चाल नपाए झै गरि बस्नु दुःखद भएको उल्लेख गर्दै नेपाल सरकारले अबिलम्ब कुटनितिक पहल मार्फत नेपालको भूमिलाई फिर्ता गराउन तर्फ लाग्नुपर्ने औल्याईको छ।

साथै प्रतिष्ठानले बाबुबाजेले वीरतापुर्वक जोगाएको भूमिलाई सम्पूर्ण नेपाली हरू एक ढिक्का भएर भूमि रक्षाको अभियानमा जुटन हार्दिक आव्हान समेत गरेको छ।

प्रकाशन मिति–२०७७ साल बैशाख २८ गते आइतवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु