काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या रोकिने क्रम देखिएको छैन । पछिल्लो अपडेट अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ८० हजार ४२३ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा ४ हजार ४६४ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ८९ हजार ८५५ जना थप संक्रमित पुष्टि भएको छ ।
पछिल्लो अपडेट अनुसार संसारभर ४० लाख १० हजार ५७१ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ ।
त्यस्तै अहिलेसम्म विश्वभर १४ लाख ३९ हजार ७९९ जना ठिक भएका छन् ।
अहिले अमेरिका, फ्रान्स, इटाली, स्पेनलगायतका देशहरुमा यस भाइरसका कारण भयावह स्थिति भएको छ ।
कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १५ मुलुकको पछिल्लो अपडेट :
अमेरिकामा १३ लाख ४७ हजार ३०९ कुल संक्रमित भएका छन् भने ८० हजार ३७ जनाको मृत्यु भएको छ । यसैबीच २ लाख ३८ हजार ७८ निको भएर फर्किएका छन् ।
बेलायतमा अहिलेसम्म २ लाख १५ हजार २६० कुल संक्रमित भएका छन् भने ३१ हजार ५८७ जनाको मृत्यु भएको छ ।
इटालीमा २ लाख १८ हजार २६८ कुल संक्रमित भएका छन् भने ३० हजार ३९५ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ३ हजार ३१ जना निको भएर फर्किएका छन् ।
स्पेनमा २ लाख ६२ हजार ७८३ कुल संक्रमित भएका छन् भने २६ हजार ४७८ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ७३ हजार १५७ जना निको भएर फर्किएका छन् ।
फ्रान्समा एक लाख ७६ हजार ६५८ कुल संक्रमित भएका छन् भने २६ हजार ३१० जनाको मृत्यु भएको छ । यसैबीच ५६ हजार ३८ जना निको भएर फर्किएका छन् ।
ब्राजिलमा एक लाख ५६ हजार ६१ जना संक्रमित भएका छन् भने १० हजार ६५६ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ६१ हजार ६८५ जना ठिक भएका छन् ।
बेल्जियममा ५२ हजार ५९६ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ५८१ जनाको मृत्यु भएको छ । यसैबीच १३ हजार ४११ जना निको भएर फर्किएका छन् ।
जर्मनीमा एक लाख ७१ हजार ३२४ कुल संक्रमित भएका छन् भने ७ हजार ५४९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४३ हजार ३ सय निको भएर फर्किएका छन् ।
इरानमा एक लाख ६ हजार २२० कुल संक्रमित भएका छन् भने ६ हजार ५८९ जनाको मृत्यु भएको छ । यसैबीच ८५ हजार ६४ निको भएर फर्किएका छन् ।
नेदरल्याण्डसमा अहिलेसम्म ४२ हजार ३८२ जना संक्रमित भएका छन् भने ५ हजार ४२२ जनाको मृत्यु भएको छ ।
क्यानाडामा ६७ हजार ७०२ जना संक्रमित भएका छन् भने ४ हजार ६९३ जनाको मृत्यु भएको छ । त्यस्तै ३१ हजार २४९ जना ठिक भएका छन् ।
चीनमा अहिलेसम्म ८२ हजार ८८७ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार ४६ निको भएर फर्किएका छन् ।
टर्कीमा एक लाख ३७ हजार ११५ जना संक्रमित भएका छन् भने ३ हजार ७३९ जनाको मृत्यु भएको छ । त्यस्तै ८९ हजार ४८० जना निको भएर फर्किएका छन् ।
मेक्सिकोमा ३३ हजार ४६० जना संक्रमित भएका छन् भने ३ हजार ३५३ जनाको मृत्यु भएको छ ।
स्विडेनमा २५ हजार ९२१ जना संक्रमित भएका छन् भने ३ हजार २२० जनाको मृत्यु भएको छ ।