Talk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभावनेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ
  • राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू चितवन द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ बैशाख २०७७, आईतवार २०:५१

    कमल राज ढकाल
    चितवन ।पूर्वी चितवनको कालिका नगरपालिकामा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू चितवनले आज आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जना महिला सहित १९३ जनाले रक्तदान गरेका छन् ।

    हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण देशभर रगतको चरम अभाव देखिएकाले राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले अभियान स्वरुप नै रक्तदान कार्यक्रम गर्दै आएको छ ।

    प्रदेश सभा सदस्य घनश्याम दाहाल (अविनाश)ले रक्तदानका लागि चाहिने सामग्री हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रममा प्रदेश कमिटी सदस्य रामध्वज डल्लाकोटी, नेकपाका जिल्लानेता तेजेन्द्र खड्का, रामचन्द्र अधिकारी, जिल्ला सचिवालय सदस्य एवम् कालिका नगरपालिकाको मेयर खुमनारायण श्रेष्ठ, जिल्ला सचिवालय सदस्य जयचन्द्र प्रसाद चौधरीलगायतका नेताहरुको उपस्थिती थियो ।

    बैशाख ११ गतेदेखि चितवनको रामनगरदेखि सुरु भएको यो अभियान अन्तर्गत भरतपुर महानगरपालिकाका विभिन्न वडा हुँदै कालिका नगरपालिका लामा चोकमा पुगेर रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक मधु न्यौपानेले सम्बोधन गर्नु भएको थियोे ।


    यस अघि रामनगर र भरतपुरका विभिन्न वडामा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३५ पोका रगत संकलन भइसकेको छ । सातवटा केन्द्रवाट रगत संकलन गर्ने लक्ष्य छ ।

    लकडाउनका बीच पनि कालिका नगरपालिकाका विभिन्न वडावाट युवाहरु स्वतस्फुर्त रुपमा रक्तदान गर्न पदमपुर पुगेका थिए ।

    पदमपुरको लामाचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गरी १ सय ९३ जनाले रक्तदान गरेको देभेन्द्र लामिछाने जानकारी दिनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु