नुवाकोट। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले गरिरहेको लकडाउनको अवस्थामा कोरोनाभाइरसलाई नियन्त्रणगर्नका लागि आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
नेकपाका नेता एवम् बागमती प्रदेश नेकपा ससंदका प्रमुख सचेतक मा.केशवराज पाण्डे र नेकपा नुवाकाेटका युवा नेता एवंम बागमती प्रदेश सासंद मा.बद्री मैनाली द्वारा सयुक्त रूपमा दुप्चेश्वर,तादी र शिवपुरी गाउँपालिका को लागि स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण भएको हो ।
गाउँ पालिका प्रमुख,उपप्रमुख,वडाअध्यक्ष,वडा सदस्य,प्रशासनिक अधिकृत र अन्य जनप्रतिनिधी लगायत नेकपा नुवाकाेटका नेता शिव खाती,बलराम आचार्य,विजय खनाल,दिनेश अधिकारी,साेभियत पाठक,राेशन श्रेष्ठ ,कमल खतिवडा,सकर थापा,युवराज तामाङ्,प्रेम तामाङ्,वसन्त धिताल लगायत अन्य महानुभाबहरूकाे उपस्थितिमा अन्य जनप्रतिनिधी लगायत उपस्थितिमा स्वास्थ्य सामग्री हरूमा पिपिई,स्यानिटाईजर र माक्स दुप्चेश्वर,तादी र शिवपुरी गाउँपालिका लाई हस्तान्तरण गरिएको थियोे ।
कार्यक्रममा कोरोनाभाइरस महामारीले स्थानीय जनतामा पारेको प्रभाव,त्यसको रोकथाम,नियन्त्रण र उपचारको लागि आबश्यक स्वास्थ्य ब्यवस्थापन,राहतको अबस्था लगायत बिषयमा अन्तरक्रियात्मक छलफल भएको थियो।
(तस्बिर-समचार दिपक कार्की)