• सिप्रद्रीयन सहायता संस्थाद्धारा सय म्याजिक चालकलाई राहत सामाग्री

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार १३:५७

    चितवन । टाटा गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्गको सिप्रदयीन सहायता संस्थाद्धारा चितवनका एकसय म्याजिक चालकहरुलाई राहत सामाग्री वितरण गरिएको छ ।
    टाटा मोटर्सको चितवनको आधिकारिक डिलर सफल मोटर्स र संयुक्त रुट व्यवस्थापन समिति, भरतपुरको समन्वयमा एक महिनालाई पुग्ने खाद्य सामाग्री वितरण गरिएको हो । स्थानीय रुटमा चल्ने म्याजिक चालकहरु लकडाउनका कारण मारमा पर्ेको भन्दै उनीहरुलाई राहत स्वरुप चामल,दाल, तेल ,नुन लगायतका खाद्य सामाग्री वितरण गरिएको सफल मोटर्सका प्रबन्ध निर्देशक गोपाल भट्टराईले जानकारी दिए । ‘अहिले सबैभन्दा बढी चालकहरु मारमा परेको महसुस गर्यौं, भट्टराईले भने, यस्ता महामारीको समयमा हामीले मानवीय धर्म निर्वाह गरेका हौं ।’

    लामोसमयमसम्म उनीहरु कामविहीन भएको र परिवारसमेत धान्न मुश्किल रहेकोले राहतस्वरुप खाद्य सामाग्री वितरण गरिएको उनले बताए । चालकहरुले गाडी चलाउन नपाएको र विकल्पको रुपमा अन्य रोजगारी समेत नपाएका कारण उनीहरुको दैनिक जीवनमा कठिनाई परेकोले राहत वितरण गरिएको सिप्रदयीन ट्रेडिङ्ग प्रालिका भरतपुरका शाखा प्रबन्धक विश्वबन्धु श्रेष्ठले बताए । ‘

    चालक, मालिक,र हाम्रो संस्था बीच प्रत्यक्ष रुपमा सम्बन्ध हुन्छ, शाखा प्रमुख श्रेष्ठले भने, विपदको समयमा सहयोग गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो ।’ हाल जिल्लाका स्थानीय रुटमा चल्ने एकसय चालक परिवारलाई राहत वितरण गरिएपनि लकडाउन लम्बिएसंँगै यसलाई निरन्तरता दिदै जाने उनको भनाई छ । वितरण कार्यक्रममा बोल्दै संयुक्त रुट व्यवस्थापन समितिका संयोजक चीनी बहादुर बोहोराले यस्तो विपदको घडीमा यातायात व्यवसायीहरु समेत मारमा परेको र व्यवसायीले राहत समेत दिन नसकेको अवस्थामा सिप्रदयीनले गरेको खाद्य सामाग्रीले केही दिनभएपनि चालकहरुमा खुशी थपिने बताए । ‘उनीहरुसंँग न काम छ न माम नै यस्तो बेलामा हामीले राहत वितरणको पहल गरेका हौं । ’उनले भने । अझैपनि चालकहरुको रोजगारी अनिश्चित रहेकोले सरकारले उनीहरुको लागि वैकल्पिक रोजगार दिनुपर्ने उनको भनाई छ ।

    वितरण कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीले महामारीको समयमा राज्य र स्थानीय सरकारको पहल मात्र पर्याप्त नहुने भन्दै सिप्रदीयन गरेको सहयोगको प्रशंसा गरे । विपदको घडीमा नीजि संस्थाहरुको भूमिका महत्वपुर्ण हुने भएकोले मनकारी मन र दानकारी हातहरुले यस्तो परिस्थितिमा हातेमालो गर्दै जानुपर्ने भण्डारीको भनाई छ ।

    गतसाता सिप्रदीयन सहायता कोष र सफलमोटर्सको सहकार्यमा भरतपुर नगरपालिका वडा नम्बर ३ का विपन्न ४० घरपरिवारलाई राहत वितरण गरिएको थियो । सिप्रदीयन संस्थाले देशभर विपदको समयमा राहत, आर्थिक सहयोग गर्नुका साथै जिल्लाका विभिन्न विद्यालयहरुमा रहेका विद्यार्थीको लागि शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा पनि आर्थिक सहयोग गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु