‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

सविता दम्पत्तीको सहयोग जारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख २९ गते, सोमबार १६:२२

काठमाडौं, बैशाख २९।
एसियाली खेलकुदको तेक्वान्दोका रजत विजेता सविता राजभण्डारी र उनका पति किशोर श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका कमजोर आर्थिक अवस्थाका खेलाडीका परिवारलाई राहत स्वरुप खाद्य सामाग्री सहयोग गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य¬–सचिव रमेशकुमार सिलवालले नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघ (डब्लुकेकेओ नेपाल) का अध्यक्ष अशोककुमार श्रेष्ठलाई समस्यामा परेका खेलाडी परिवारको पहिचन गरी वितरण गर्न १ सय ५० परिवारका लागि राहत हस्तान्तरण गरे । उपत्यका र आसपासका जिल्लाका क्योकुसिन कराते खेलाडीलाई चामल, तेल, नुन, गेडागुडी, मसेउरा, सोयाबिन र साबुन प्रदान गरिएको संघकी उपाध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् ।

सविता र किशोरकै सहयोगमा यसअघि काठमाडौं महानगरपालिका वडा ११ का दैनिक ज्यालादारी गरी गुजारा चलाउने मजदुरलगायतका प्रभावित २ सय परिवारलाई राहत वितरण गरिएको थियो । त्यसबेला पनि सदस्य–सचिव सिलवालले वडा अध्यक्ष हीरालाल तण्डुकारलाई राहत हस्तान्तरण गरेका थिए । सविता १९९८ को बैंकक एसियाडकी रजत विजेता हुन् । किशोरले पनि सोही एसियाडमा कांस्य जितेका थिए । उनीहरु लामो समयदेखि अमेरिकाको सियाटलमा बस्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु