वैशाख ३० , काठमाडौं । हिजो काठमाडौं महानगरपालिकाको विभागीय बैठक महानगरपालिकाको जेडिए कम्पेल्क्स सुन्धारामा सम्पन्न भएको छ ।
काठमाडौं महानगरालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनाराण अर्यालको प्रमुख आतिथ्यमा भएको सो बैठकमा महानगरपालिकामा कार्यरत सवै विभागका विभागीय प्रमुखहर आयोजना प्रमुखहरुको उपस्थिति रहेको थियो ।
हिजोको बैठकमा आफनो पहिलो भनाई राख्दै प्रमुख प्रशासकीय अधिकृत एकनाराण अर्यालले अव देखि काठमाडौं महानगरपालिकाको विभागीय बैठक हरके महिनाको ५ गते विहान ११ बजे बस्ने निर्णय गर्नु भयो ।
बैठकको शुरुमा आफनो भनाई राख्दै काठमाडौं महनगरपालिका प्रशासन विभाग प्रमुख नमराज ढकालले महानगरपालिकाले पारित गरेको कोभिड १९ राहत वितरण सम्बन्धि कार्यक्रम अन्तर्गत महानगरपालिकाको ३२ वटै वडामा राहत बितरणलाई निरन्तरता दिएको जानकारी गराउनु भयो ।
यसैगरी प्रशासन विभाग प्रमुख ढकालले आगामी श्रावण महिना देखि हाल जेडिए कम्पेल्क्स सुन्धारामा रहेको काठमाडौं महानगरपालिकाको कार्यालय र काठमाडौंको अन्य ठाउँमा रहेका विभागहरु कमलादीस्थित काठमाडौं प्लाजामा सर्न लागेको पनि जानकारी गराउनु भयो ।
सो बैठकमा आपनो भनाई राख्दै सूचना प्रविधि विभागका प्रमुख युवराज खनालले आफनो मातहत अन्तर्गत सुचना प्रविधि महाशाखा र सूचना संचार महाशाख रहेका जानकारी दिनु भयो । यसैगरी सूचना प्रविधि विभागका प्रमुख युवराज खनालले सुचना संचार शाखा अन्तर्गत रहेको मेट्रो एफ.एम. ९४.६ को लोकप्रियतामा केही कमी आएको बताउँदै यसलाई महानगरपालिकाको मुख्य सुचना प्रवाह बनाउनु पर्नेमा जोड दिंदै यसलाई राम्ररी संचालन गर्नलाई गर्न महानगरपालिकाले विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।
सो बैठक कार्यक्रममा महानगरपालिकामा कार्यरत विभागीय प्रमुहरुले आफनो विभागको कार्य प्रगति प्रस्तुत गरेको थिए । सो बैठकमा काठमाडौं महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवालीको पनि उपस्थिति रहेको थियो ।
बैठक पछि आफनौ भनाई राख्दे प्रमुख प्रशासकीय अधिकृत अर्यालले महानगरपालिकाका विभागीय प्रमुखहरुले आ आफनो क्षेत्रबाट महानगरपालिकाको कामलाई सहज बनाउन भुमिका खेल्नु पर्ने बताउनु भयो ।
काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा गत चैत्र २४ , २०७६ मा अर्यालले पदबहाली गरे पछि आज उहाँकै प्रमुख आतिथ्यमा महानगरपालिकाका विभागीय प्रमुखहरुसंग पहिलो विभागीय बैठक बसेको हो ।