कोरोनाका योद्धाहरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलवार ०७:०४

गंगा देवी उप्रेती – बालुवाटार ४ काठमाडौं ।

जीवनको अति कहाली लाग्दो मोडमा उभिएर
सम्भान्त अति बिकसित देशको भयावहको चित्रण
भिडियो र युटुब मार्फत दिएर
हामीलाई सचेत गराइ रहेकाछौ
आफनो देश र आफन्त सम्झेर ।

हो योद्धाहरु हिजो आज विश्व आकाशमा
कालो भाइरस मडारिरहेको छ
विभिन्न अवतार फेर्दै इतिहासको कालखण्डमा
कोभिड १९ भएर उदाएको छ ।

मलाई थाहा छ यो संकटको भूवरीमा
तिमीहरु अग्रिम मोर्चामा छौं
आफना सवै सपनाहरु भुलेर
कोभिड —१९ विरुद्ध लडन तयार भएका छौं
तिमीहरु जस्ता सुरक्षा सिपाहीलाई पहिला धावा बोलेको छ
तिमीहरुलाई पन्छाएमात्र उसलाई अघि बढन सहज हुनेछ ।

अहिले सम्पूर्ण मानवलाई खग्रासले ढाकेको बेला
तिमीहरुले कुनै भुगोलको सिमाना कोरेका छैनो ।
कुनै जातजाति र धर्म, सम्प्रदायको झण्डा बोकेका छैनो
ती पीडाका छटपटिहरुमा साहसको मलम लगाई रहेका छौ ।

भ्यान्टिलेटर र आइसियूमा अभयस्त भइ सकेका छौ ।
जीवनको अन्तिम पलमा मृत्युको साक्षी बस्न
अत्यन्त गाह्रो भएको आफै भनि रहेका छौै
तरपनि आफनो कर्तब्य र मानवतामा जुटि रहेकाछौ ।

तिम्रै अगाडि शितल छहारीहरु भत्किरहेका छन
तिम्रै साथमा रहेका गौरव वृक्षहरु ढलि रहेका छन
नवजात शिशुहरु आमाको पर्खाइमा छन
थाहा छैन ती अवोधहरुलाई
अव दुधको धारा पाउने छैनन
प्रेमल जोडीहरु एक एक गरेर फुटीरहेका छन
थाहा छैन प्रेमीहरुलाई अब कहिल्यै भेटिने छैनन ।

यो हतियार विनाको लडाइमा
वुद्धि र विवेकको निसानी हौ
कोराना बिरुद्धको युद्धमा
साहस र धैर्यताका प्रतिमुर्ति हौ ।

तिमीहरुले हिमालमा चिप्लेटी खेल्न जानेका छौ
कोशीमा हेलीन र सेतीमा पौडन जानेकाछौ
गहँुगाो भारी वोकेर दुइ चार काल्ला नाघेकाछौं
हिमालको संजीवनी खाँदै हुर्किएका छौ
त्यसैलेत तिमीहरु बीर योद्धा हौ
तर पनि यो नभुल , अदृश्य शक्तिसंग जुधि रहेका छौं ।

तिमीहरुलाई थाहानै छ
यो भाइरस त दोस्रो विश्वयुद्धको हिटलर जस्तो छ
सवै मानवलाई यहुदी देख्छ
यो त लडाकु छापामार जस्तो छ
लुकेर एकै पटक पाचसय पचिसलाइ ढलाइ दिन्छ
त्यो त बहुला कुकुर जस्तो
बाहिर देख्योकी टोकी हाल्छ

फकाउदा मान्ने भए यो अदृश्य भाइरसले
कति पाउण्ड र डलर कमाउथ्यो होला
दोष लगाउदा हुने भए ट्रम्पलाईनै जित्थ्यो होला
सल्लाह मान्ने भए डब्लु एच ओ ले सुझावको
दस्ताबेजनै बुझाउँथ्यो होला

त्यसैले त यो अदृश्य शक्ति हराउन
अर्जुनको दिव्यास्त्र चाहिएको छ
चिकित्सा विज्ञानलाई जोगाउन
अनुसन्धान र खोज चाहिएको छ ।

अन्त्यमा , रुना । राधा , दिक्षा र लक्ष्मी
शेर बहादुर , पुजन र निराजन जस्ता धेरै
कोरोनाका योद्धाहरु यस देशलाई चाहिएको छ
युद्ध जितेर विजयको माला लगाउन
तिम्रो तपोभूमि तिमीलाई पर्खिरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु