चितवन । उद्योग बाणिज्य संघका चितवन पूर्व उपाध्यक्ष एवं घर बहाल सरोकार महासंघका उपाध्यक्ष बिष्णु प्रसाद कंडेलले सरकारसंँग तत्काल उद्योगी व्यवसायीहरुको लगानी सुरक्षाको माग गरेका छन ।
कोरोना भाईरसका कारण देश लकडाउन (वन्दावन्दी) मा गएको ५० दिन वितीसक्दा समेत सरकारले आफूहरुको समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सहज वातावरण सिर्जना गर्न उनले माग गरेका हुन । दिन प्रति दिन सम्पूर्ण व्यवसायीको लगानी डुब्ने खतरा बढेकोले यसलाई तत्काल निकास दिनुपर्ने उनले बताए । लकडाउनका कारण सबै व्यवसायीहरु ऋणको चपेटामा परेको र बैंकको व्याज र किस्ता बुझाउन नसकेको र सम्पूर्ण व्यवसायीहरुको व्यवसाय नै धरापमा परेका कारण सरकारले तत्काल बैङ्क व्याज मिनाहको साथै घरभाडा छुट हुनुपर्ने उनको जोड छ । ‘हाम्रा व्यवसायी साथीहरु ५० दिनदेखि त्रसित छन सरकारले बैङ्कको व्याज, किस्ता लगायतका बिषयमा केही सम्बोधन गर्नै सकेको छैन’ कंडेलले भने ।
यस्तो अवस्था अझ लकडाउन लम्बिए व्यवसायी नै धराशायी हुने र सदाको लागि बन्द गरिनुपर्ने उनको भनाई छ । ‘व्यवसायी साथीहरुले आफ्नो व्यवसाय सधैका लागि बन्द गर्नुपर्ने अबस्था देखिसकेको छ तर राज्य मौन देखिन्छ यो कार्यले व्यवसायीहरु पिडामा परेका कारण सरकारले तत्काल केही गरोस ।’ उनको माग छ ।
हरेक समस्यामा राज्यलाई सहयोग गर्दै आईरहेका व्यवसायीहरु आफु समस्यामा पर्दा सरकार निरीह बनेको भन्दै तत्काल व्यवसायीको माग सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।