• कठै मेरो कालापानी लिपुलेक:

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार ०९:४५

    लक्ष्मी राना

    सायद तिमीलाई जन्म दिनु भन्दा केही महिना देखि नै २०२८० फिट उचाई, ११९८० फिट चौडा भएको नाका आकाश खुल्ने गरि हासे होला ती वीर पुर्खाहरुको अनि नेपाल आमाको प्रसव पीडा कोख कति पिडादायी थियो होला, अनि जब तिम्लाइ जन्म दिइन कसम पुरै नेपालको नक्साले तिमीलाई खुब मीठो सङ्ग स्वागत गर्‍यो होला है? तिमी यति सुन्दर र यति आकर्षण भयौं कि छि-मेकि देशहरुले समेत केही बर्ष देखि तिमी माथी गिद्दे नजर लगाइ रह्यो , तिमीलाई सताइ रह्यो अनि पन्छाइ रह्यो । के गर्छौ तिमी यति सुन्दर छौँ कि जो कोहि पनि तिमीमा लिप्त हुनसक्छन् र खोज्छन्।

    तिमीलाई म यति चाहान्छु कि कसम तिमी माथी नजर लगाउने ती दुश्मनको अँखा फोर्न मन लाग्छ, जीउँदै चितामा जलाइदिन मन लाग्छ ।त्यति मात्र कहाँ हो र तिम्रो नाम मात्र छि-मेकिले लिदा पनि जिब्रो थुतेर तिम्रो काखमा राखिदिन मन लाग्छ अब तिमी आफै भन तिमीलाई कति चाहान्छु । तिमीलाई कसैले छुदाको कुरा परै जावस छड्के अँखाले हेर्दा पनि गोर्खाली रगत भकभक उम्लन्छ लाग्छ अहिले नै गएर मेरो फौजि बाबाले सिकाउनु भएको २/४ रनको सुटआउट गरिदिउ तर अपसोच कानुन र संविधानको नियम पालना गर्ने नेपाली परे, “तातो रगत देखाउन हुन्न” भनेर सिकाउने फौजी बाबुको गोर्खाली छोरी परे । यदि २/४ रनले सुटआउट गरेर अपराधी भए भने ती छि-मेकि र म मा के फरक भयो र हैन?

    अन्तरास्ट्रिय कानुनको प्रचलित सिद्धान्तमा भनेकै छ कि ” राज्यहरु सार्वभौम रुपमा समान हुन्छन् , चाहे त्यो आकारमा सानो होस् या त ठूलो ” तर यहाँ अन्तर्राष्ट्रिय कानुनलाई नै बेचेर भारतले तिमी माथी एकतर्फी सार्बभौमसत्ता सम्पन्न मुलुकको भुमी तिमी माथी आक्रमण हुदा गलतको कुरा छोड ! तिमी माथी अन्याय होइन अत्याचार भएको छ । सुन्दै छु तिमी छेउछाउ कृतिम नदिनाला बनाएर तिमीलाई हडप्दै छ रे यो सुन्दा त ती सबै कानुन र संविधान तोडेर तिमीलाई सम्हाल्न आउ ,सन १८१६ मा सुगौली सन्धिमा कोरिएको नेपालको तिम्रो पश्चिमी सिमा काली नदिलाइ तोकेको थियो तर छि-मेकि ले तिमी माथी घात गर्दै गयो अनि म र मेरो देशको नेपाली ती छि-मेकि विरुद्ध आवज उठाउदै तिमीलाई जोगाइदेउ भन्दै भिख माग्न थालेउ तर अँह! ति झुटका खोस्टा ओढेर जनताको आगनमा भिख माग्दै हिड्ने नेताको भरै भएन अझ सुन्छु खरबौमा बिक्री भयौं रे तिमी, तर मलाई बिश्वास लागेकै छैन कि तिमी बिक्री भयौं तिमी कहाँ त्यति सजिलै पराइको काखमा जान सक्छौं, म कहाँ त्यसरी तिमीलाई जान दिन्छु वीर गोर्खालीको छोरी हौं अनि आमा हौं तिमी । तिमी माथि त नेपालको एक लौटी अधिकार छ याद गर तिम्रो नागरिकता मात्र नेपाली हो र तिम्रो घर मात्र नेपाल हो भारत होइन । ढुक्क भएर बस वीर गोर्खाली अझै जिउदै छन् तिमी र आमालाई बचाउन ।

    सुगौली सन्धि हुदा देखिको विवाद भलै होस् तर कालापानी लिपुलेक नेपालकै हो र नेपालकै हुनु पर्छ , अब कोहि सङ्ग पनि शान्तिपूर्ण कुटनितिक माध्यम जरुर होइन अब बचाउनुछ मेरो कालापानी र लिपुलेक चाहे त्यहाँ बारुदनै किन फ्याक्न नपरोस् , चाहे ढुङ्गा नै खसाल्नु किन नपरोस् चाहे त्यहाँ हसिया र लाठि नै बर्साउन नै किन नपरोस् बस मलाई तिमी बचाउनु छ । भन्छन् “जन्म दिने आमा र जननी यो माटो माथी खेलवाड नगर्नु ” तिम्रो स्वाधीनतालाई मर्न नदिने बिश्वास छ मलाई । तिमीलाई दुख्दो होला है? छाती कुल्चेर डोजर लगाउदा ? चिच्याउछौ होला आफ्नो शरिरमा हड्डि छाला भइ टासिएर बसेको ढुङ्गा माटोलाई अल्टापल्टाइ गर्दा? आशुको धारा बगाउछौ होला कालापानी माथी गैची लगाउदा? तिमी दुखेर चिच्याउदा मन यहाँ कटक्क खाको छ मेरो तिमीलाई बचाउने अनेकौं शब्दहरु खोज्छु धर्ती नै फाट्ने गरि आवाजहरु निकाल्छु तर तिमीलाई ढाक्ने ठुला ठुला पहाड र शब्दहरु बगाउने ती मनमोहक हिमाल मै सिमित हुन्छ अनि बेवास्त गर्छन् कानुन र संविधानको खोस्टा ओढ्ने नेताहरु, तर नआतिनु तिमी कोसिस अझै मर्न देको छैन तिमीलाई बचाउने साहास र बिश्वास ! अनि अझै निभ्न देको छैन आशाको दियो ! र यति कै कहाँ मर्छ साहास अनि बिश्वास । तिमी बस नेपालको हौं र नेपाली भएर बस्नेछौ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु