हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • कोरोनाभाइरसले विश्वका २ सय बढी देशमा प्रभाव

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार १०:१९

    काठमाडौं / विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । हालसम्म कोरोनाभाइरसले विश्वका २ सय बढी देशमा प्रभाव पारेको छ ।

    वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बुधवार बिहानसम्म विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ८ सय २९ पुगेको छ भने संक्रमितको संख्या ४३ लाख ४१ हजार ७ सय २० पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १६ लाख २ हजार ४ सय १२ जना उपचारपछि निको भएका छन् ।

    कोरोनाभाइरसले विश्वका ठुला देश अमेरिका, इटाली, स्पेन, फ्रान्स लगायतमा बढी प्रभाव पारेको छ । हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८३ हजार ४ सय २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १४ लाख ८ हजार ६ सय ३६ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित २ लाख ९६ हजार ७ सय ४६ जना निको भइसकेका छन् ।

    त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २६ हजार ९ सय २० पुगेको छ भने संक्रमितको संख्या २ लाख ६९ हजार ५ सय २० पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३९ पुगेको छ भने संक्रमितको संख्या २ लाख २१ हजार २ सय १६ पुगेको छ । त्यस्तै युकेमा कोरोनाबाट ३२ हजार ६ सय ९२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख २६ हजार ४ सय ६३ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु