बालुवाटारमा ताजा तरकारी बिक्री केन्द

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार १२:२०

काठमाडौं, वैशाख ३१, काठमाडौं । काठमाडौंको वडा नं ४ स्थित नेपाल हाउस बेकरी क्याफे एण्ड कन्फरेन्स सेन्टरमा परिसर बालुवाटारमा आज देखि ताजा तरकारी केन्द्र संचालनमा आएको छ ।

काठमाडौं महानगरपालिकाको कृषि विभागको सहकार्यमा आज देखि संचालनमा आएको सो तरकारी बिक्री केन्द्रको काठमाडौं महानगरपालिकाका कृषि विभाग प्रमुख हरि भण्डारी , अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराई,कामपा वडा नं ४ का वडाध्यक्ष मोहन बिष्ट र अष्ट ज कृषि सहकारी संस्था लि.का अध्यक्ष रूद शर्मा ले संयुक्त रुपमा आज विहान उद्घाटन गर्नु भयो ।

सहकारीका अध्यक्ष रुद्र शर्माले ताजा तरकारी बजार सेवाका लागि नेपाल हाउस परिवारद्वारा निःशुल्क स्थान उपलब्ध गराइएको घोषणा गरेका छन् ।

यो ताजा कृषि बिक्रि केन्द्र विहान ५ बजेदेखि ९ बजेसम्म नियमित खुल्ला रहने अष्ट ज कृषि सहकारी संस्था लि.का व्यवस्थापक हिमाचल भट्ट राइले बताउनु भयो ।

संसारमा भर महामारीको रुप लिएको कोरोना भाइरसका कारण देश गत चैत्र ११ देखि लक डाउनमा रहेको अवस्थामा बालुवाटारको केन्दमा खोलिएको यस तरकारी बिक्रि केन्द्रले उत्पादक देखि उपभोक्तालाई हित हुने सानो प्रयास रहेको अष्ट ज अभियान नेपालका केन्द्रीय महासचिव निलकण्ठ तिवारीले बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु