• किस्पाङ्,मेघाङ् र तारकेश्वर गाउँपालिका को लागि स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार १४:१७

    नुवाकोट ३१,बैशाख । विश्वभर महामारीको रुपमा आतंक मच्चाइरहेको कोरोनाभाइरसको संक्रमण फैलिनवाट बच्न र बचाउन नेपालमा जारी लकडाउन ५१ औं दिनमा पुगेको छ। चैत ११ गतेवाट लकडाउन भएको नेपाल आज बैशाख ३१ गते बुधवारसम्म आइपुग्दा ५१ औं दिन पुगेको छ।
    लकडाउन ५१ औं दिन पुग्दा कोरोनाको संक्रमण नियन्त्रित बन्ने र संक्रमण शुन्यमा जाने जुन सोच र लक्ष्य राखिएको थियो। त्यो हुन सकेन। लकडाउनको ५० औं दिन बैशाख ३० गते मंगलवारवाट संक्रमितको संख्यामा ज्यामितिय ढंगवाट एकैदिनमा उकालो लाग्यो। अर्थात एकैदिनमा ८३ जना संक्रमित भएको सरकारले पुष्टि गरेपछि भयावहको स्थिति सिर्जना भएको सवैले अनुमान गरेको छ। संक्रमितको संख्या ५० औं दिनमा २१८ पुग्यो।

    महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले गरिरहेको लकडाउनको अवस्थामा कोरोनाभाइरसलाई नियन्त्रणगर्नका लागि नुवाकोटका गाउँगाउँमा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण लाई निरन्तरता का साथ लागिएको छ।

    नेकपाका नेता एवम् बागमती प्रदेश नेकपा ससंदका प्रमुख सचेतक मा.केशवराज पाण्डे र नेकपा नुवाकाेटका युवा नेता एवंम बागमती प्रदेश सासंद मा.बद्री मैनाली,मा.हिरानाथ खतिबडा,मा.आशामाया तामाङ् द्वारा स्वास्थ्य सँग सम्बन्धीत सामाग्रीहरू सयुक्त रूपमा किस्पाङ्,मेघाङ् र तारकेश्वर गाउँपालिका को लागि स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरिएको छ ।

    गाउँपालिका प्रमुख,उपप्रमुख,वडाअध्यक्ष,वडा सदस्य,प्रशासनिक अधिकृत र अन्य जनप्रतिनिधी लगाएत नेकपाका नेता विन्दा ढुङ्गाना,मन्चुङ् लामा गणेश कुमार श्रेष्ठ,हरि अधिकारी,मेघनाथ तामाङ्,बिन्दुमाया तामाङ्,नारायण घिमिरे,नारायण रिमाल,केशब घिमिरे,राजेन्द्र न्याैपाने,राजेन्द्र रिजाल,साेम तामाङ्,बिरबल तामाङ्,बुद्व तामाङ् लगायत उपस्थितिमा स्वास्थ्य सामग्री हरूमा पिपिई,स्यानिटाईजर र माक्स किस्पाङ्,मेघाङ् र तारकेश्वर गाउँपालिका लाई हस्तान्तरण गरिएको थियोे ।

    लकडाउनलाईप्रभावकारी बनाउनुपर्छ,स्वास्थ्य क्षेत्रमा कार्यरत स्वाथ्यकर्मीको मनोबल उच्च बनाउनु पर्छ,जनताका पक्षमा हामी निरन्तर काममा लागि दिनरात नभनी,आवश्यक पर्ने स्वाथ्य सामग्रीको कमी हुन नदिन हामी जिल्लाभरि नै पुगिरहेको समाजसेवामा समेत अब्बलता प्रस्तुत गर्दै आएका नेकपा नुवाकाेटका युवा नेता एवंम बागमती प्रदेश सासंद मा.बद्री मैनाली बताउनु भयो ।

    हस्तान्तरण कार्यक्रममा कोरोनाभाइरस महामारीले स्थानीय जनतामा पारेको प्रभाव,त्यसको रोकथाम,नियन्त्रण र उपचारको लागि आबश्यक स्वास्थ्य ब्यवस्थापन,राहतको अबस्था लगायत बिषयमा अन्तरक्रियात्मक छलफल भएको सांसद मा.बद्री मैनाली को स्वकीय सचिव दिपक कार्की जानकारी दिनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु