कोरोनाको संक्रमण थप एक जनामा देखियो, संक्रमितको संख्या २१८ पुग्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ३१ गते, बुधबार १४:४४

काठमाडौं, ३१ वैशाख । थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार धुलिखेल अस्पताल, धुलिखेलको प्रयोगशालामा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको संख्या एक रहेको छ । नयाँ संक्रमित बाँके जिल्ला नेपालगंज वडा नम्बर ८ का निवासी ३६ वर्षीया पुरुष हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु